Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

कोरोना संक्रमण बढ्दै गएपछि  सीसीएमसीको बैठक बस्दै

कोरोना संक्रमण बढ्दै गएपछि  सीसीएमसीको बैठक बस्दै

images

इच्छाकामना न्युज

१५, श्रावण २०७८
कोरोना संक्रमण बढ्दै गएपछि  सीसीएमसीको बैठक बस्दै
images

काठमाण्डौं, १५ श्रावण ।
 कोरोना भाइरस कोभिड —१९ संक्रमणदर बढ्दै गएपछि आज कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बस्दै छ ।

सिंहदरबारमा आज अपरान्ह ४ बजे सीसीएमसीको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाकारी दिएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार कोरोना संक्रमण बढ्न थालेपछि त्यसको रोकथामको उपायका सन्दर्भमा छलफल हुनेछ ।
विहीबार मात्रै ३ हजार ३६५ कोरोना संक्रमित थपिएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे गृहमन्त्री बालकृष्ण खाणले पनि जानकारी गराएका थिए ।

images
प्रकाशित मिति :श्रावण १५, २०७८ शुक्रवार - ०९:४१:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology