गोरखा, १५ असार ।
जाँड बनाउन प्रयोग हुने मर्चा (बनस्पती) को अनुसन्धान गरिदिन नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) लाई गोरखाको सिरानचोक गाउँपालिकाले आग्रह गरेको छ ।
गाउँपालिका अध्यक्ष राज गुरुङले नाष्टका उपकुलपती सुनिलबाबु श्रेष्ठलाई स्थानीय भाषामा मर्चा नामाकरण गरिएको उक्त जडिवुटीको अध्ययन गरिदिन अनुरोध गर्दै बिहिवार बनस्पती समेत हस्तान्तरण गरेका छन् ।
‘यो बनस्पती सिरानचोककोटमा धेरै पाईन्छ, यसलाई अध्ययनपछि नयाँ नामाकरण सँगै उपयोगीता बारे जानकारी हुन्छ’ उनले भने ‘ब्यवशायीक रुपमा यस्ता जडिवुटीको उत्पादन, प्रयोगका लागि सहज हुन्छ ।’ अनुसन्धानपछि गाउँपालिकाले यसको ब्यवशायीक खेतीका लागि पहल थाल्ने अध्यक्ष राजु गुरुङले बताए । अहिले यो जडिवुटी स्थानीयले जाँड बनाउन प्रयोग गर्ने गर्छन । यसको अन्य उपयोगिता बारे कुनै अध्ययन अनुसन्धान नहुँदा ब्यवशायीक खेती भने भएको छैन ।
स्थानीय जंगलमा उत्पादित मर्चालाई ब्यवशायीक गर्न सक्ने हो र उयोगिताबारे पहिचान हुने हो भने रोजगारी सिर्जना गर्न र गाउँपालिकाको आर्थिकस्तरवृद्धीका लागि सहज हुने योजनाले अघि बढाइएको अध्यक्ष गुरुङले बताए ।