कुरिनटार, १८ कार्तिक । चितवनको इच्छाकामना गाउँपालिकाका ७१ वर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला चितवनमा गरिएको परिक्षणमा इच्छाकामना गाउँपालिकाका ७१ वर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।
उनी इच्छाकामना गाउँपालिकाको वडा नं. ४ का वासिन्दा हुन्। उनमा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो।