Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

गोरखामा वडाध्यक्ष र जनप्रतिनिधीहरुले नै रोपे सडकमै कोदो

गोरखामा वडाध्यक्ष र जनप्रतिनिधीहरुले नै रोपे सडकमै कोदो

images

इच्छाकामना न्युज

१४, श्रावण २०७८
गोरखामा वडाध्यक्ष र जनप्रतिनिधीहरुले नै रोपे सडकमै कोदो
images

गोरखा, १४ श्रावण ।
गोरखाको गोरखा नगरपालिका ढुङ्गागाडे मोडमा बर्षौ देखी सर्व साधारणले सास्ती पाएको भन्दै वडाध्यक्ष र स्थानिय जन प्रतिनिधीहरुले सडकमा नै कोदो रोपेर बिरोध प्रर्दशन गरेका छन् ।
 ठेकेदारको लापरर्वाहीका कारण गोरखा नगरपालिका ४ र ८ को साँधमा रहेको ढुङ्गागाडे मोडमा वडा नम्बर १, २, ४ र ८ का वडाध्यक्ष र जन प्रतिनिधीहरुले कोदो रोपेर बिरोध गरेका हुन् । ‘यो सडक बिग्रीएको बर्षौ भयो । हामीले धेरै पटक सम्वन्धीत निकायलाई झकझकायौ तर पनि कानमा तेल हालेर बसेको कारण आज हामीले बाध्य भएर बिरोध गर्नुपर्यो’ गोरखा नगरपालिका ४ का वडाध्यक्ष रामशरण अधिकारीले भने ।

कार्यक्रममा गोरखा नगरपालिका १ का वडाध्यक्ष हिक्मत कुवर, २ का वडाध्यक्ष रहम चुल्ला मियाँ, ४ का वडाध्यक्ष रामशरण अधिकारी र ८ का वडाध्यक्ष कृण्ण खत्री तथा उनीहरुका स्थानिय प्रतिनिधीहरु तथा गोरखा दरौदी यातायात सेवा कम्पनी प्रालिका महासचिव अञ्जनबावु खत्री र मजदुरहरुले सामुहिक रुपमा उत्त सडकमा कोदो रोपेर बिरोध जनाएका थिए ।
गोरखा बजार देखी आरुघाट जाने मुख्य सडक ठेक्का बानियाँ कन्सट्रक्सन हेटौडाले पाएको पाएको छ । ठेकेदार कम्पनीको लारपर्वाहीका कारण अहिले उत्त मोड समस्याको जड नै भएको छ ।
साना तथा ठुला सवारीलाई उत्त मोड पार गर्न हम्मे हम्म पर्छ । गोरखा बजार भएर दर्जनौ स्थानमा जाने यात्रु बाहक बसलाई पनि उत्त मोड पार गर्न घण्टौ लाग्ने यातायात ब्यवसायीहरुको गुनासो रहेको छ ।
उत्तरी गोरखा जाने मुख्य सडकको उत्त भाग बर्षौ देखी हिलाम्य भएर दैनिक दर्जनौ सवारी फस्दा पनि स्थानिय जनप्रतिनिधीहरुले चासो नलिएको भन्दै सर्व साधारणले गुनासो गरे पछि भने आज (बिहीबार) वडाध्यक्ष र जन प्रतिनिधी तथा यातायात ब्यवसायी र मजदुरहरुले सडकमा नै उत्रिएर बिरोध गरेका हुन् ।
कार्यक्रमका बिच पुगेका ठेकेदार कम्पनीका मानिसले आजै साँझ सम्म उत्त बाटोमा ग्राबेल हालेर सवारी आवागमनमा सहजता ल्याउने प्रतिबद्वता गरे संगै बिरोधको कार्यक्रम स्थगित गरिएको वडाध्यक्ष रामशरण अधिकरीले बताए ।
तर साँझ सम्म पनि उत्त मार्गमा ग्राबेल हालेर सवारी आवागमनमा सहजता नभए भोली (शुक्रबार) देखी जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्ने अधिकारीले बताए ।
ठुलो संख्या उपस्थित सर्व साधारणहरुले जन प्रतिनिधीहरुले आफ्नो मर्का बुझेर बिरोध प्रर्दशनमा उत्रिएको भन्दै समर्थन जनाएका थिए ।
आजको बिरोध कार्यक्रम साँकेतिक मात्र भएको भन्दै समयमा नै ध्यान दिएन र अब पनि सवारी सञ्चालमा समस्या आयो भने यो भन्दा चर्को आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने अन्य वडाध्यक्षहरुले बताए ।

images
प्रकाशित मिति :श्रावण १४, २०७८ बिहिवार - १३:०१:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology