Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

अल स्टारका स्टाईगर आँबुखैरेनीका खेलाडी सन्त बहादुर गुरुङ (कान्छा) जावलाखेल युथ क्लबमा अनुबन्ध 

अल स्टारका स्टाईगर आँबुखैरेनीका खेलाडी सन्त बहादुर गुरुङ (कान्छा) जावलाखेल युथ क्लबमा अनुबन्ध 

images

इच्छाकामना न्युज

१४, श्रावण २०७८
अल स्टारका स्टाईगर आँबुखैरेनीका खेलाडी सन्त बहादुर गुरुङ (कान्छा) जावलाखेल युथ क्लबमा अनुबन्ध 
images

आँबुखैरेनी, १४ श्रावण । 
अल स्टार फुटबल क्लब आँबुखैरेनी तनहुँका स्टाईगर खेलाडी सन्त बहादुर गुरुङ (कान्छा) जावलाखेल युथ क्लबमा अनुबन्ध भएका छ्न । 
विभिन्न स्थानमा हुने प्रतियोगितामा अल स्टार क्लबबाट उत्कृष्ट खेल प्रदशन गर्दै आएका मेहेनती र जेहन्दार खेलाडी २३ बर्षका सन्त बहादुर गुरुङ (कान्छा) राष्ट्रिय ए डिभिजन क्लब जावलाखेल युथमा अनुबन्ध भएको क्लबका उपाध्यक्ष सुशील पाण्डेले जानकारी दिनुभयो । 
अल स्टार क्लबले सन्त बहादुर गुरुङ (कान्छा) को लागि केही गर्न नसके पनी आफ्नै मेहनत र लगनशीलका कारण आज राष्ट्रिय ए डिभिजनको जावलाखेल युथ क्लबमा अनुबन्ध हुँदा आँबुखैरेनीको मात्र नभई समग्र तनहुँ जिल्लाकै लागि गौरवको कुरा भएको पाण्डेले बताउनुभयो । १४ बर्षको उमेर देखि अल स्टार क्लबबाट खेल खेल्दै थुप्रै उपाधी जिताउदै आएका सन्त बहादुर गुरुङ (कान्छा) ले यस भन्दा पहिला बि डिभिजनको च्यासल युथ क्लबबाट फुटबल खेलिसकेका छ्न । 
पछिल्लो समयमा  जिल्लाका विभिन्न क्लबबाट राष्ट्रिय स्तरको फुटबल क्लबमा अनुबन्ध भएका खेलाडीहरुलाई जिल्ला फुटबल संघले अहिले सम्म कुनै पनि हौसला, सम्मान एवम् आवश्यक तालिमको व्यवस्था नगरेको गुनासो क्लब र खेलाडीबाट सुनिदै आएको छ ।

images
प्रकाशित मिति :श्रावण १४, २०७८ बिहिवार - १२:४३:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology