Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

पुष्पलाल लोकमार्ग आयोजना निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्दा चलाईयो

पुष्पलाल लोकमार्ग आयोजना निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्दा चलाईयो

images

पत्रपत्रिका

१३, श्रावण २०७८
पुष्पलाल लोकमार्ग आयोजना निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्दा चलाईयो
images

काठमाडौं, १३ साउन । पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आयोजनाको खोटाङ खण्डमा अनियमितता भएको छ । निर्माण कम्पनी र आयोजनाका कर्मचारीको मिलोमतोमा खोटाङ खण्डको ठेक्कामा अनियमितता भएको तथ्य बाहिर आएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह तथा तत्कालिन आयोजना प्रमुख विजय चापागाईसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको छ । तत्कालिन इन्जिनियर दीपककुमार खड्का, तत्कालिन सब इन्जिनियर गजेन्द्रप्रसाद राउत र तत्कालिन लेखा अधिकृत दुर्णप्रसाद फुयाँललाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।

खोटाङ खण्ड निर्माण कार्य ठेक्का सम्झौताअनुसार नगरेको भन्ने उजुरीका सम्बन्धमा अख्तियारले अनुसन्धान गरेको थियो । यो ठेक्का निर्माणस्थलमा भएको कामको वास्तविक अवस्था उल्लेख नगरी भेरियसन हुनुपर्ने भन्दा फरक बेहोराको भेरियसन पेश गरिएको पाइएको अख्तियारले जनाएको छ ।

एउटै योजना कार्यालयबाट एउटै चेनेजमा दुईवटा ठेक्काबाट एउटै प्रकृतिको काम ओभरल्याप गरिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ । एउटा ठेक्काबाट डीपीआर अनुसारको इष्टिमेट तयार भई गरिएको कामको भुक्तानी भइसकेपछि फेरि सोही चेनेजमा सोही प्रकृतिको आइटमको अर्को ठेक्काबाट काम गराई विल तयार पारी भुक्तानी लिने र दिने काम गरी ६८ लाख ९३ हजार ७७८ रुपैयाँ ५ पैसा हिनामिना गरिएको अनुसन्धानमा पाइएको अख्तियारका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद रिसालले जानकारी दिए ।

अख्तियारले योजना प्रमुख चापागाईं, तत्कालिन इन्जिनियर खड्का, तत्कालीन सब इन्जिनियर राउत, निर्माण कम्पनी महादेव खिम्ती निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक रवि सिंहसँग ६८ लाख ९३ हजार सात सय ७८ रुपैयाँ पाँच पैसा विगो माग दावी गरेको छ ।

त्यस्तै तत्कालिन लेखा अधिकृत फुयाँलसँग २१ लाख ४९ हजार आठ सय १८ रुपैयाँ विगो माग गरिएको छ । सरकारी कर्मचारीको हकमा तीन वर्षसम्म कैद र बिगोबमोजिम जरिबानाको माग दाबी गरिएको छ । ठेकेदार सिंहविरुद्ध दुई वर्षसम्म कैद वा बिगोबमोजिम जरिबाना गरी बिगो समेत जफतको माग दाबी छ । समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

images
प्रकाशित मिति :श्रावण १३, २०७८ बुधवार - ०९:४५:५९ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology