काठमाण्डौ, १३ साउन । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बिहान ११ बजे बस्दै छ । बैठक पार्टी सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने छ ।
यसअघि हिजोका लागि तय भएको बैठक स्थगित भएको थियो । हिजो क्रियाशील सदस्यता छानबिन समितिले तयार गरेको प्रतिवेदन सभापति देउवाले बुझेसँगै प्रतिवेदन अध्ययन गरी आगामी रणनीति तयार पार्ने भन्दै बैठक स्थगित गरिएको थियो ।
आजको बैठक महाधिवेशनको विषयमा केन्द्रित रहने सहमहामन्त्री डा. प्रकाशशरण महतले सीआईएनलाई जानकारी दिनुभयो । बैठकमा यसअघि रोकिएको वडा अधिवेशन कहिले गर्ने भन्नेबारे छलफल हुने बताइएको छ । बैठकले तल्लो संरचनाको अधिवेशनको नयाँ मितिबारे निर्णय गर्ने बताइएको छ ।