Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तापक्षीय गठबन्धनको बैठक बस्दै

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तापक्षीय गठबन्धनको बैठक बस्दै

images

सिआईएन

१३, श्रावण २०७८
मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तापक्षीय गठबन्धनको बैठक बस्दै
images

काठमाण्डौ, १३ साउन । मन्त्रिपरिषद् विस्तारको विषयबारे छलफल गर्न सत्तापक्षीय गठबन्धनको बैठक बस्दै छ । बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा मन्त्रिपरिषद्मा सहभागिताको भागबण्डा टुङ्ग्याउने र सरकार सञ्चालनको विषयमा छलफल गरिने श्रेष्ठले बताउनुभयो । असार २९ गते प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवाले सोही दिन काँग्रेस र माओवादी केन्द्रका तर्फबाट चार जना सदस्यलाई मन्त्री नियुक्त गर्नुभएको थियो ।

त्यसपछि उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका गर्नुभएको छ । मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेकोमा प्रधानमन्त्रीको आलोचना हुँदै आएको छ। गठबन्धनले जसपा र एमाले माधव नेपाल पक्षलाई पर्खिनु पर्दा मन्त्री मण्डल बिस्तारमा ढिला भएको जनाएको छ ।

सीआईएनसँग कुरा गर्दै माओवादी केन्द्रका नेता देबेन्द्र पौडेलले जसपा विवाद् टुङ्गिएकाले अब मन्त्रीपरिषद् बिस्तार हुने र मन्त्रीपरिषद् समावेशी बनाउन कोशिस गरिने बताउनुभयो । 

images
प्रकाशित मिति :श्रावण १३, २०७८ बुधवार - ०९:०९:५१ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology