Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

नेपालमा ४७ वटा नमुना परीक्षण गर्दा तीन जनामा कोरोनाको नयाँ भेरियन्ट फेला पर्‍यो 

नेपालमा ४७ वटा नमुना परीक्षण गर्दा तीन जनामा कोरोनाको नयाँ भेरियन्ट फेला पर्‍यो 

images

इच्छाकामना न्युज

१३, श्रावण २०७८
नेपालमा ४७ वटा नमुना परीक्षण गर्दा तीन जनामा कोरोनाको नयाँ भेरियन्ट फेला पर्‍यो 
images

काठमाण्डौ, १३ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ४७ वटा नमुना परीक्षण गर्दा तीन जनामा कोरोनाको नयाँ भेरियन्ट ‘कप्पा’ अर्थात् ‘के ४१७ एन’ (ए.वाई१) भेटिएको जनाएको छ ।योसँगै नेपालमा कोरोनाका तीनवटा भेरियन्ट फेला परेका छन् ।

यसअघि अल्फा र डेल्टा भेरियन्ट फेला परेका थिए । जेठ मध्यदेखि असार मसान्तसम्ममा विभिन्न उमेर समूहका व्यक्तिहरुबाट सङ्कलित नमूनामध्येबाट ४७ वटा नमूना परीक्षणका लागि दिल्ली पठाइएको र सबै नमूनामा डेल्टा भाइरस पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यसमध्ये पनि ३ वटा नमूना थप उत्परिवर्तन के४१७एन म्यूटेसन भेटिएको छ जसलाई एवाइ१ नाम दिइएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यी सहित नेपालमा भेरियन्ट कन्सर्नका रुपमा अल्फा (बी.१.१.७) र डेल्टा भेरियन्ट (बी.१.६१७.२) तथा भेरियन्ट अफ इन्ट्रेस्टका रुपमा कप्पा भेरियन्ट (बी.१.६१७.१) पुष्टि भएको छ । यी सबै भेरियन्टहरु बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुलाई असर पार्ने विभिन्न अध्ययनबाट पाइएको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले बताउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनको नेपाल कार्यालय र दक्षिणपूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा मन्त्रालयले ती नमूना नयाँदिल्लीस्थित ‘द इन्स्टिच्युट अफ जेनोमिक्स एन्ड इन्टिग्रेटिभ बायोलोजी’मा परीक्षणका लागि पठाएको थियो । मन्त्रालयले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न/गराउन र सम्भावित तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न सबैमा अनुरोध गरेको छ ।

images
प्रकाशित मिति :श्रावण १३, २०७८ बुधवार - ०९:०८:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology