Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

कर्मचारीलाई भदौदेखि पर्यटन काज दिईने, घरपायक, ससुराली र माइतीघर जान नपाइने

कर्मचारीलाई भदौदेखि पर्यटन काज दिईने, घरपायक, ससुराली र माइतीघर जान नपाइने

images

इच्छाकामना न्युज

१२, श्रावण २०७८
कर्मचारीलाई भदौदेखि पर्यटन काज दिईने, घरपायक, ससुराली र माइतीघर जान नपाइने
images

काठमाडौं, १२ साउन । सरकारले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने लक्षले यस वर्षदेखि शुरु गरेको कर्मचारी पर्यटन काज भदौदेखि लागू हुने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को बजेट भाषणबाटै सार्वजनिक संस्थान, प्रतिष्ठान र निजामती कर्मचारीलाई १० दिन पर्यटन काज दिने घोषणा गरेको थियो ।

आर्थिक वर्षको शुरु देखिनै लागु गर्ने गरी तयारी शुरु गरे पनि कार्यविधि तयारीमा ढिलाइ भएकाले भदौदेखि लागू गर्ने तयारी थालेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन प्रवद्र्धन शाखाका प्रमुख नरहरि घिमिरेले जानकारी दिनुभयो । कार्यविधिको खेस्रा तयार भइसकेकाले सरोकारवालासँग छलफल गरेर तत्काल लागू गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो ।

१० दिनको पर्यटन काजले आन्तरिक पर्यटनको प्रवद्र्धन हुने भन्दै कर्मचारीलाई थप प्रेरित गर्न, निजी क्षेत्रको विकास गर्न, परिवारसँग घुम्ने प्रेरित गर्न यो भ्रमण काजले सहयोग पु-याउने मन्त्रालयले जनाएको छ ।

कर्मचारीले काज सुविधासँगै भ्रमण स्वीकृति र १० दिनको तलव समेत पाउने गरी कार्यविधि बनाउन शुरु गरेको जनाएको छ । कार्यविधिले आफ्नो घरपायक, ससुराली र माइतीघर भएको क्षेत्रमा जान नपाउने गरी व्यवस्था राख्ने तयारी भएको शाखा प्रमुख घिमिरेले बताउनुभयो ।

images
प्रकाशित मिति :श्रावण १२, २०७८ मंगलवार - २१:३८:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology