Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

पञ्चायतले टाउकोको मुल्य समेत तोकिएका गण्डकी प्रदेशका नवनियुक्त प्रमुख चितवनका पृथ्वीमान गुरुङ को हुन्?

पञ्चायतले टाउकोको मुल्य समेत तोकिएका गण्डकी प्रदेशका नवनियुक्त प्रमुख चितवनका पृथ्वीमान गुरुङ को हुन्?

images

इच्छाकामना न्युज

१२, श्रावण २०७८
पञ्चायतले टाउकोको मुल्य समेत तोकिएका गण्डकी प्रदेशका नवनियुक्त प्रमुख चितवनका पृथ्वीमान गुरुङ को हुन्?
images

चितवन, १२ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले मंगलबार दुई प्रदेशको प्रमुख परिवर्तन गर्ने निर्णय गर्‍यो । जसमध्ये एक जना निवर्तमान प्रदेश प्रमुख हुन् भने एक जना विल्कुल नयाँ ।

सरकारले गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीता पौडेललाई हटाएर पृथ्वीमान गुरुङको नाम राष्ट्रपति समक्ष सिफारिस गरेपछि अहिले गुरुङको चर्चा हुन थालेको छ । गुरुङको बारेमा धेरैले चासो राखेका छन् ।

को हुन् पृथ्वीमान गुरुङ ?

नेपाली कांग्रेस चितवनका पूर्व सभापति एवंम वर्तमान सल्लाहकार पृथ्वीमान गुरुङ पूराना नेता हुन् । राष्ट्रिय राजनीति र अन्यत्र गुरुङको खासै चर्चा भएको पाइदैन । हाल चितवनको भरतपुर महानगरपालिका–२६ दिव्यनगरमा बस्ने गुरुङ देउवाका सदावहार सहयोगी हुन् । गुरुङको थातथलो कास्कीको घलेल हो ।

वि.सं.२०४८ सालमा चितवनमा कांग्रेसबाट संसदीय चुनावको उम्मेदवार बनेका गुरुङ अहिलेसम्म लाभको पदमा भने पुगेका छैनन् । नेपाली कांग्रेस विभाजित भएर शेरबहादुर देउवाले प्रजातान्त्रिक कांग्रेस बनाएका बेला गुरुङ शेषनाथ अधिकारीपछि चितवन जिल्लाको सभापति बनेका थिए । एकिकरणपछि उनी चितवन कांग्रेसको सहसभापति बने । कांग्रेसको केन्द्रीय संगठन विभागको उपप्रमुखमा २०७७ साउन २६ गते मनोनित भएका थिए ।

गुरुङ कांग्रेस केन्द्रीय सदस्य पदमा दुई पटक पराजित भएका थिए । उनी कांग्रेस चितवनको सल्लाहकार हुन् । ७२ वर्षीय गुरुङ कास्कीको घलेलबाट चितवनमा बसाइ सरेका हुन् । उनले केही समय पृथ्वीनारायण क्याम्पस पोखरामा प्राध्यापन समेत गरेका थिए । २०३४ सालतिर कांग्रेसमा लागेको भनेर जागिर खोसिएपछि उनी राजनीतिमै सक्रिय भए ।

संविधानसभा निर्वाचन २०७० मा चितवन क्षेत्र नम्बर ५ र स्थानीय तहको निर्वाचन २०७४ मा भरतपुर महानगरको मेयरमा टिकट पाउने सूचिमा रहेका गुरुङलाई अन्तिम आवरमा हटाइएको थियो । तर, पनि उनी पछिल्लो प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक सूचिमा अटेका थिए ।

२०३६ सालको आन्दोलनमा गुरुङले कास्कीमा बहुदलको पक्षमा नेतृत्व लिएका थिए । पछि चितवन आएका उनले २०४६ सालको आन्दोलनको समेत नेतृत्व गरे । जनआन्दोलन सञ्चालन समिति चितवनको ५ सदस्यीय टिममा बसेर अगुवाई गरे ।

जनआन्दोलनकै सिलसिलामा माडीमा प्रहरीले उनी सहित ३७ जनालाई एउटै डोरीले बाँधेर पक्राउ गरेको थियो । उनलाई पञ्चायतकालमा सर्वस्वहरण सहित टाउको मूल्य तोकिएको थियो । बहुदल पहिले उनी चितवन कांग्रेसको सचिव भएर पनि काम गरे । देशमा बहुदल आएपछि २०४८ सालमा उनले चितवन क्षेत्र नम्बर ३ बाट टिकट पाए । तर, पराजित भए ।
भूमी समस्या समाधान आयोगमा समेत केही वर्ष काम गरेका गुरुङ कांग्रेस चितवनलाई मजबुत बनाउन खटिएका व्यक्तिमा गनिन्छन् ।

images
प्रकाशित मिति :श्रावण १२, २०७८ मंगलवार - २१:२५:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology