Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

जिन्सको पाइन्ट लगाएको निहुँमा किशोरीको हत्या

जिन्सको पाइन्ट लगाएको निहुँमा किशोरीको हत्या

images

इच्छाकामना न्युज

१२, श्रावण २०७८
जिन्सको  पाइन्ट  लगाएको निहुँमा किशोरीको हत्या
images

काठमाण्डौं, १२ श्रावण ।
जिन्सको कपडा लगाएको निहुँमा भारतको उत्तर प्रदेशमा एक किशोरीको हत्या भएको छ। किशोरीका हजुरबुबा र काकाले हत्या गरेका प्रहरीले बताएको छ ।
जिन्सको पाइन्ट नलगाउन भने पनि नमाने पछि किशोरीमाथि कुटपिट भएको अनुसन्धानबाट खुलेको छ । कुटपिटकै कारण उनको ज्यान गएको प्रहरीले जनाएको छ । 
हत्यामा संलग्न भएका हजुरबुबा र काकालाई प्रहरीले पक्रेको छ । गएको ४ गते पूजाका लागि निस्किएकी किशोरीले जिन्सको पाइन्ट र टप्स लगाएकी थिइन् । तर हजुरबुबाले त्यो कपडा लगाएर नजान भनेका थिए ।
जवाफमा किशोरीले आफूले कपडा नफेर्ने बताएकी थिइन्। यही विषयमा विवाद हुँदा किशोरीमाथि कुटपिट भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यसपछि उनी घाइते भएकी भन्दै उपचारका लागि अस्पताल लैजाने भन्दै घरबाट १६ किलोमिटर टाढा रहेको एउटा पुलबाट नदीमा फालिदिएका थिए ।
तर किशोरीको शव पुलको ग्रीलमा नै अड्किएको थियो । पुलमा शव देखेपछि प्रत्यक्षदर्शीले प्रहरीमा खबर गरेका थिए । घटनाको अनुसन्धान भइरहको भारतीय प्रहरीले जनाएको छ । 

images
प्रकाशित मिति :श्रावण १२, २०७८ मंगलवार - १३:१७:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology