काठमाण्डौं, १२ श्रावण ।
जापानमा चलिरहेको टोकियो ओलम्पिक २०२० मा जापानकी १३ वर्षीय निशिया मोमिजीले स्वर्ण पदक जितेर इतिहास रचेकी छन् ।
उनले महिला स्ट्रीट स्केटबोर्डिङमा पहिलो पटक ओलम्पिक स्वर्ण पदक जितेर इतिहास रचेकी हुन् । स्वर्ण पदक जितेपछि उनले भनिन्, ‘मैले जित्छु भन्ने सोचेकी थिइनँ तर म नजिकैका मानिसले मलाई हौसला दिए । त्यसैले म खुसी छु ।’
उनीले टोक्यो ओलम्पिकमा पहिलो पटक समाविष्ट खेलमा प्रतिस्पर्धा गरेकी हुन् । स्केटबोर्डिङ ओलम्पिकमा समावेश गरिएको पाँच नयाँ विधामध्ये एउटा खेल हो ।
उनले आफू प्रतियोगीमध्ये सबैभन्दा कम उमेरको रुपमा ओलम्पिक जित्दा खुसी लागेको प्रतिकृया दिइन् ।