सर्लाही, ९ साउन । सर्लाही जिल्लाको बाग्मती नगरपालिका स्थित प्रदेश न.२ कै सबैभन्दा ठूलो मानवनिर्मित भरत तालको निर्माणाधीन कार्य अन्तिम चरणमा पुगेको छ। तालको निर्माण कार्य पूर्ण रुपमा नसकिए पनि यहि असार १० गते बिहीबारबाट तालमा पहिलो जेटबोट संचालनमा ल्याएको छ । पुर्ब पश्चिम राजमार्ग देखि करिव २ किलोमिटर दक्षिण तर्फ रहेको सो मानवनिर्मित भरत तालमा ३५ सिटे जेटबोट संचालनमा ल्याएको हो ।

मोटरबोट संचालनमा आए देखि सो ताल पर्यटकीय क्षेत्रको रुपमा परिचीत हुँदै गएको छ । सो तालमा देशका बिभिन्न ठाँउबाट दैनिक सयौं पर्यटकहरु आउने गरेको बागमती नगरपालिकाका प्रमुख मेयर भरत थापाले बताए।
बागमती नगरपालिकाका प्रमुख मेयर भरत कुमार थापाको बिशेष पहलमा निर्माण गरिएको सो तालकोे कुल गहिराई ३५ फिट रहेको एवं ताल १ सय २१ बिगाहा क्षेत्रफलमा निर्माण गरिएको उनले बताए। गर्मी महिनामा सो भरत तालमा मोटरबोट चढेर गर्मी भगाउन र मनोरन्जन लिन अति आनन्द आउने गरेको छ । विदाको दिन परिवारसहित ठूलो संख्यामा आन्तरिक पर्यटकहरु आउने गरेको पाइन्छ। यस तालमा हंसराज प्रजातिको हाँस समेत पालिएको छ।

बागमती नगरपालिकाका प्रमुख मेयर भरत थापाको अनुसार यहाँ केहि समय पछि तालमा माछा पालन गर्ने अनि आएको आम्दानी जनताको लागि खर्चिने सोच रहेको छ।
यस ताललाइ ब्याव्स्थित गरि बगैंचा, पार्क अनि पिकनिक स्पोट बनाउने तायरी पनि रहेको छ। यहाँ आएर जेटबोट र मोटरबोटमा सवार भै केहि समय घुम्दा पोखरामा रहेको फेबाताल भन्दा बढी मनोरञ्जन आउने पर्यटकहरुको भनाई छ ।
अझै तालको बीचमा बन्दै गरेको होटल ् प्यालेसले एक्कासि रानिपोखरी र पोखराको फेबातालको बिचमा रहेको ‘ताल बराही’याद आउने पर्यटकहरुको भनाइ छ।
अझ मानवनिर्मित यस भरत ताल टिकटक प्रयोगकर्ताको लागि “टिकटक”बनाउने ठाउँको रूपमा प्रख्यात हुँदै आएको छ। यहाँ आउने करिब ९० प्रतिशत पर्यटकले रमणीय बाताबरण देखेर “टिकटक “बनाएर फर्किन्छन्। कलकल बग्ने बागमती नदि र छेउमा बन्दै गरेको रेलको लिकले हरेक पर्यटकको मन लोभ्याउने गर्दछ। यस तालको हालसम्मको कुल लागत भने सार्बजनिक भएको छैन।
सोही भरत तालको अध्ययन अबलोकन भ्रमणमा तनहुँको देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले बागमती नगर पालिकाका मेयर भरतकुमार थापा संग भेट गरि पर्यटन बिकासको महत्वपुर्ण बिषयमा छलफल गरेका छन्।

सो भरत तालमा नेपाल सिट एण्ड बोट बिल्डिङ्ग कम्पनीद्वारा उत्पादन गरिएका राइनोज, फिस्टेल, जेट बोट नामका मोटर बोटहरु सञ्चालन हुने नेपाल सिट एण्ड बोट बिल्डिङ्ग कम्पनीका अध्यक्ष लेखनाथ पौडेल जानकारी दिए। साथै ३०० सिट क्षमताको तिनतले मिनि क्रुजको पनि डिजाईन हुदैछ जसमा २६ वटा डिलक्स रुम र पाटि तथा सेमिनार हल र रेष्टुरेन्ट पनि हुनेछ। उक्त क्रुजमा जापान र चाइना दुई देशमा बनेको इन्जिन जडान हुनेछ ।

अध्ययन अबलोकन भ्रमण कार्यक्रममा गैंडाकोट नगरपालिका ५ नम्बर वडाका अध्यक्ष नवराज कडेल, नेपाल सिट एण्ड बोत बिल्डिङ्ग कम्पनीका इन्जिनियर सुमन खत्री, अभिषेक कार्की लगाएतको उपस्थिति रहेको थियो।