चर्चित गायक तथा संगीतकार शिवराज गुरुङ र गायिका मेलिना राईको स्वरमा कहाँ होला मेरी मायालु बोलको गीतको म्युजिक भिडियो नेपाली सांगीतिक बजारमा सार्वजानिक भएको छ।
सोमबार गायिका मेलिना राईको युट्युब च्यानल मार्फत सार्वजनिक गीतलाई छोटो समयमै लाखौँ दर्शक स्रोताहरुले मन पराइदिएका छन् भने सार्वजानिक भएको केहि दिनमै युट्युबको सर्वाधिक हेरिने ट्रेन्डीङ्गमा समेत परी सकेको छ।
नरेन लिम्बु र कुसुम गुरुङको अभिनय रहेको म्युजिक भिडियोलाई नरेन लिम्बुले निर्देशन गरेका छन् भने विश्वास राइले छायांकन गरेका छन। प्रविन श्रेष्ठले सम्पादन गरेको यस म्युजिक भिडियोलाइ अनुप गिरीले पब्लिसिटी डिजाइन गरेका हुन।
छोटो समयमै लोकप्रिय बनेको गीत र यति धेरै सकारात्मक प्रतिक्रिया पाउदा आफुहरु अत्यन्तै हौसिएको गायक तथा संगीतकार गुरुङले बताएका छन्।
भिडियो