Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

धादिङकोमा कोरोना बिरुद्धको जोनसन एण्ड जोनसन खोप लगाएका एक वृद्धको ज्यान गयो

धादिङकोमा कोरोना बिरुद्धको जोनसन एण्ड जोनसन खोप लगाएका एक वृद्धको ज्यान गयो

images

इच्छाकामना न्युज

८, श्रावण २०७८
धादिङकोमा  कोरोना  बिरुद्धको जोनसन एण्ड जोनसन खोप लगाएका एक वृद्धको ज्यान गयो
images

धादिङ, ८ श्रावण
धादिङकोमा कोरोना खोप लगाएका एक वृद्धको ज्यान गएको छ।
नीलकण्ठ नगरपालिका वडा नं.–६ स्थित सुनौलाबजार स्वास्थ्य चौकीमा शुक्रबार कोरोना बिरुद्धको खोप लगाएका एक वृद्धको ज्यान गएको छ हो। अमेरिकन कम्पनी जोनसन एण्ड जोनसनद्धारा उत्पादित एक मात्रा मात्र लगाए पुग्ने जानसेन खोप लगाएका ७८ वर्षीय नर बहादुर श्रेष्ठको खोप लगाएको अन्दाजी ३० मिनेटमा मृत्यु भएको आफन्तहरुको भनाई छ । यस विषयमा धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। त्रिभुवन चन्द्र झासँग बुझ्दा प्राकृतिक मृत्यु वा कोरोना खोपको असर कुन हो पोष्ट मार्टम गरेर मात्र पत्ता लाग्ने बताउनु भयो ।

उनको शव पोस्ट मार्टमका लागि धादिङ अस्पतालमा ल्याइएको छ । खोप केन्द्रमा उनी हिँडेरै पुगेका थिए । खोप लगाएर उनी आधा घण्टासम्म खोप केन्द्रमै बसेको र घर पुगेपछि १० मिनेटमा उनलाई चक्कर लागेको आफन्तले बताए । नीलकण्ठ नगरपालिकाले वडा नम्बर ६ स्थित सुनौला बजार स्वास्थ्य चौकीमा खोप कार्यक्रम सञ्चालन गरेको थियो ।
यस्तै खोप लगाएका वृद्धको निधन भएसँगै धादिङका विभिन्न खोप केन्द्रमा खोप लगाउन लाइनमा बसेका नागरिकहरु त्रसित भएका छन् । कतिपय लाइनबाटै खोप नलगाई फर्केको पत्यक्षदर्शीले बताएका छन् ।

images
प्रकाशित मिति :श्रावण ८, २०७८ शुक्रवार - १७:५४:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology