Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

चितवनमा नहरमा डुबेर २ बालकको मृत्यु

चितवनमा नहरमा डुबेर २ बालकको मृत्यु

इच्छाकामना न्युज

६, श्रावण २०७८
चितवनमा नहरमा डुबेर २ बालकको मृत्यु

चितवन, ६ साउन । चितवनमा नहरमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । आज दिउँसो ३ः५५ बजेको समयमा भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित नहरमा डुबेर स्थानीय १६ वर्षीय अंकित जोशी र १४ वर्षीय विवेक शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

images

स्थानीय चौरमा क्रिकेट खेलेर नजिकै रहेको नहरमा हातखुट्टा धुने क्रममा विवेक शर्मा चिप्लिएर नहरमा खसेका थिए । उनलाई बचाउन जाने क्रममा अंकित जोशी समेत नहरमा डुबेर बेपबेपत्ता भएका थिए ।

प्रहरीले खोजी गर्ने क्रममा डुबेको स्थानबाट २ सय मिटर पर नहरमा दुवै जनालाई उद्धार गरिएको थियो । तत्कालै उपचारका लागि अस्पताल पठाएकोमा दुवैलाई अस्पतालले मृत घोषणा गरेको थियो ।

images
प्रकाशित मिति :श्रावण ६, २०७८ बुधवार - २२:२९:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology