Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

जन्मदिनको खर्च क्लब र चेपाङ विद्यार्थीलाई सहयोग

जन्मदिनको खर्च क्लब र चेपाङ विद्यार्थीलाई सहयोग

images

इच्छाकामना न्युज

६, श्रावण २०७८
जन्मदिनको खर्च  क्लब र चेपाङ विद्यार्थीलाई  सहयोग
images

कुरिनटार ,६ असार । 
चितवनको इच्छाकामना ४ कुरिनटार धारापानीका राम बहादुर गुरुङ र स्वर्गिय धनकुमारी गुरुङका नाति तथा हाल युकेमा रहनु भएका मीन कुमार गुरुङ र अमृला गुरुङका सुपुत्र साइमिन गुरुङको जन्मउत्सवको अवसरमा चेपाङ विद्यार्थीलाई शैक्षिक सामाग्री र एक क्लबलाई खेलकुद सामाग्री सहयोग गरेका छन् ।
बुधबार चितवनको इच्छाकामना ३ ओरेकमा रहेको श्री गणेश राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत १९ जना चेपाङ बालबालिकाका लागि कापी पेन्सील ज्यामिती बक्स लगायतका रु १७ हजार ८०० रुपैयाँ बराबरको शैक्षिक सामाग्री र के ब्वाइज क्लब कुरिनटारलाई रु ५ हजार ८०० रुपैयाँको ३ वटा फुटबल र १ वटा भलिबल सहयोग गरिएको हो ।
राम बहादुर गुरुङले विद्यालयका प्रधानाध्यापक अर्जुन सापकोटा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चोक बहादुर प्रजालाई शैक्षिक सामाग्री र के ब्वाइज कुरिनटारका सचिव यादव थापा र कोषाध्यक्ष विनोद त्रिपाठीलाई बल हस्तान्तरण गर्नुभएको हो ।

उहाँले जन्मदिनमा ठूला पार्टी गरेर खर्च गर्नुभन्दा सामाजिक काममा सहयोग गर्नुपर्ने बताउन्ुभयो। श्री गणेश आधारभूत राष्ट्रिय विद्यालमा अध्ययनरत चेपाङ बालबालिकाहरु कापी कलम बिनै बिद्यालय आउने गरेको जानकारी पाएपछि नातीको जन्मदिनको अवसरमा शैक्षिक सामाग्री सहयोग गरिएको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक अर्जुन सापकोटाले यहाँ चेपाङ बालबालिकाहरु अध्ययनरत रहेको बताउनुभयो । उहाँका अनुसार कापी कलम बिनै बिद्यालय आउने गर्छन् । विद्यालय र आफ्नो व्यक्तिगत तर्फबाट कापी कलम उपलब्ध गराउदैँ आएको बताउनुभयो ।प्राप्त शैक्षिक सामाग्रीहरुको सहि सुदुपयोग गर्ने उहाँले बताउनुभयो । साथै विद्यार्थीहरुलाई विद्यालय पोसाक आवश्यक रहेको पनि उहाँले बताउनुभयो। आर्थिक स्थिति कमजोर रहेका चेपाङ बालबालिकाहरुले विद्यालय पोसाक किन्न समेत नसक्ने बताउनुभयो ।


हस्तान्तरण कार्यक्रममा नेपाल चेपाङ संघ इच्छाकामनाका कार्यकारणी अध्यक्ष विकास चेपाङ लगायतको उपस्थिति रहेका थिए । चितवनको इच्छाकामना ४ कुरिनटार धारापानीका हाल यूके निवासी मीन कुमार गुरुङ सामािजक कार्यमा सक्रिय हुनुहन्छ । यस अघि पनि उहाँले मेलम्चीका बाढीपीडित र भूकम्पपीडितहरुलाई राहात वितरणका लागि आर्थिक सहयोग गर्नुभएको थियो ।

images
प्रकाशित मिति :श्रावण ६, २०७८ बुधवार - १४:४८:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology