सिन्धुपाल्चोक, ६ साउन । सिन्धुपाल्चोकको हेलम्बुका १७ परिवारलाई टेलिभिजन कार्यक्रम इन्द्रेणी कार्यक्रमले आवास निर्माण गरिदिने भएको छ । हेलम्बु गाउँपालिकाको हल्दे,तिम्बुका बाढी प्रभावित मध्ये १७ परिवारको आवास निर्माण गर्ने जिम्मा लिएको इन्द्रेणीका अध्यक्ष कृष्ण कँडेलले जानकारी दिनुभयो हिजो हेलम्बु गाउँपालिका र इन्द्रेणी बीच घर बनाउने सम्झौता भएको हो ।
३ लाख ६६ हजार बराबरको अनुमानित लागतमा निर्माण हुने घरमा २ कोठा,भान्छा,ट्वाइलेट र धारा अनिवार्य गरिएको छ । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई कँडेलले ६२ लाख रुपैयाँ हस्तान्तण गरेर यथासिघ्र घर निमार्णको काम अगाडि बढाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष शेर्पाले हेलम्बुलाई सहयोग गरेकोमा धन्यवाद दिदै दशैंसम्ममा आफ्नै घरमा प्रभावित जनतालाई साररै छाड्ने प्रतिबद्धता जनाउनुभयो । गत असार १ गते सिन्धुपाल्चोकमा आएको बाढीले कुल १ सय ७ घर अति परिवार विस्थापित रहेको तथ्याङ्क रहेपनि करिब ९० घर पुर्ण रुपमा क्षति भएको अध्यक्ष शेर्पाले बताउनुभयो ।
उहाँले अहिले अस्थायी आवास निमार्णलाई प्राथमिकता दिएको र सरकारले दिने भनेको ५ लाख रुपैयाँ आउने बित्तिकै स्थायी आवासको निम्ति काम थाल्ने समेत जानकारी दिनुभयो ।