Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

प्रभावकारिता हुने किसिमबाट काम गर्नुस्: प्रमुख सचिव डा.रेग्मी

प्रभावकारिता हुने किसिमबाट काम गर्नुस्: प्रमुख सचिव डा.रेग्मी

images

इच्छाकामना न्युज

४, श्रावण २०७८
प्रभावकारिता हुने किसिमबाट काम गर्नुस्: प्रमुख सचिव डा.रेग्मी
images

पोखरा, ४ श्रावण ।
गण्डकी प्रदेशका प्रमुख सचिव डा। दामोदर रेग्मीले प्रदेश सरकारको श्वेतपत्र, आवधिक योजना, वार्षिक नीति र कार्यक्रम,बजेट तथा क्षेत्रगत नीतिको प्रभावकारिता हुने किसिमबाट काम गर्न आग्रह गरेका छन् ।

220460431_351343183115829_3744266349038094718_n.jpg

प्रमुख सचिव डा। दामोदर रेग्मीले पदवहाली गरेकै दिनमा २०७८ श्रावण १० गते भित्र सबै मन्त्रालयले वार्षिक समीक्षा सम्पन्न गरिसक्ने निर्देशन दिए बमोजिम बन, वातावरण तथा भूसंरक्षण मन्त्रालयले आयोजना गरेको दुई दिने समीक्षा गोष्ठीमा प्रमुख सचिव डा। रेग्मीले उक्त कुरा बत्ताएका हुन् ।

218973790_522469558806242_4636952731548246143_n.jpg

रेग्मीले सबै कर्मचारीले क्षेत्रगत विज्ञताको पूर्ण उपयोग गर्दै सरकार र समग्र सार्वजनिक प्रशासनको साख अभिवृद्धि गर्न दत्तचित्त रहन समेत अनुरोध गरेका छन् । गोष्ठीमा प्रदेशका ११ जिल्लाका बन, वातावरण तथा भूसंरक्षण मन्त्रालय र अन्तरगतका निकायको सहभागिता रहेको छ ।

गोष्ठीमा बन, वातावरण तथा भूसंरक्षण मन्त्रालयले विगत ३ वर्षदेखि प्रदेशमा सबै भन्दा बढी पुँजीगत खर्च गर्न सफल रहेको मन्त्रालयका सचिव महेश्वर ढकालले जानकारी दिए ।

 

 

images
प्रकाशित मिति :श्रावण ४, २०७८ सोमवार - २१:४६:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology