Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

भूमि समस्या समाधान आयोग खारेज

भूमि समस्या समाधान आयोग खारेज

images

इच्छाकामना न्युज

४, श्रावण २०७८
भूमि समस्या समाधान आयोग खारेज
images

काठमाण्डौं, ४ श्रावण ।
भूमि समस्या समाधान आयोग खारेज भएको छ । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले गठन गरेको ‘भूमि आयोग’ खारेज भएको हो।

शुक्रबार बसेको मन्त्रिपरिषद्को वैठकले आयोग खारेज गर्दै आयोगको केन्द्र र जिल्लास्थित सम्पुर्ण संरचना बन्द गर्नै निर्णय गरेको हो । अब केन्द्रमा रहेका आयोगका पदाधिकारी र ७७ जिल्लाका आयोगका सदस्यहरु बर्खास्तीमा परेका छन ।

केन्द्रमा नेकपा ९एमाले० का नेता देवी ज्ञवालीको नेतृत्वमा रहेको आयोगमा सदस्यहरु जगतबहादुर देउजा, भीमबहादुर कार्की, मञ्जली शाक्य बज्राचार्य, बिक्रम यादव, गोपाल गुरागाईं, जगदेव यादव, केशव देवकोटा, एकबहदुर राना मगर, शोभा राम बस्नेत, बुद्धि प्रसाद शर्मा, अगस्त राज अधिकारी र ऋषिराम तिवारी रहेका थिए ।

आयोगको ७७ जिल्लामा एक उपसचिव र दुई जना अधिकृत तहको सेवासुविधा पाउने गरी केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारले आफ्ना कार्यकर्ताहरुलाई नियुक्ति दिएको थियो ।

ओलीले नेतारकार्यकर्तालाई पोस्ने उद्देश्यअनुपरुप आयोग गठन गरेका हुन् । जुन आयोग गठन निम्ति कतैबाट माग आएको थिएन । आयोगमा अध्यक्ष राज्यमन्त्री र अरु सदस्यले सचिवसरहको सुविधा पाएका थिए । त्यसअतिरिक्त ७७ वटै जिल्ला संयोजकलाई सहसचिवसरहको सुविधा उपलब्ध गराइएको थियो । त्यसअतिरक्त जिल्ला तहका सदस्यहरुलाइ अधिकृत सरहको सुविधा दिइएको थियो ।

 

images
प्रकाशित मिति :श्रावण ४, २०७८ सोमवार - १३:०५:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology