Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

वडाध्यक्ष सहित तिन जना अवैध लागूऔषध खैरो हेरोइन सहित पक्राउ

वडाध्यक्ष सहित तिन जना अवैध लागूऔषध खैरो हेरोइन सहित पक्राउ

images

इच्छाकामना न्युज

४, श्रावण २०७८
वडाध्यक्ष सहित तिन जना अवैध लागूऔषध खैरो हेरोइन सहित पक्राउ
images

पर्सा, ४ श्रावण
पर्साको पकहाँ मैनपुर गाउँपालिकाका १ धोरेका वडाध्यक्षसहित ३ जनालाई खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ । 
पकहाँ मैनपुर गाउँपालिका १ का वडाध्यक्ष अमिरिका सहनी चढेको ना. १ ब. ३५९५ नम्बरको सरकारी मोटरसाइकल वीरगञ्ज महानगरपालिका १९ मा आइतबार राति चेकजाँच गर्दा ७९ ग्राम खैरो हेरोइन बरामद भएपछि उनलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले बताएको छ।
 उनको मोटरसाइकलमा पछाडि सवार ५२ वर्षीय राम आदेश सहनी र पछाडि आएका ना ६२ प १९४२ नम्बरको मोटरसाइकलमा सवार सोही गाउँपालिका १ कै ४० वर्षीय बलिष्टर सहनीलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका वडाध्यक्षसहित तीनैजनामाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

images
प्रकाशित मिति :श्रावण ४, २०७८ सोमवार - १२:५८:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology