Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

लोकतन्त्रको रक्षा र सर्वोच्चको फैसलाको सम्मानका लागि देउवालाई मत दिएँ : सांसद श्रेष्ठ

लोकतन्त्रको रक्षा र सर्वोच्चको फैसलाको सम्मानका लागि देउवालाई मत दिएँ : सांसद श्रेष्ठ

images

इच्छाकामना न्युज

४, श्रावण २०७८
लोकतन्त्रको रक्षा र सर्वोच्चको फैसलाको सम्मानका लागि देउवालाई मत दिएँ  : सांसद  श्रेष्ठ
images

तनहँ, ४ श्रावण ।
नेकपा एमाले कृष्णकुमार श्रेष्ठ ‘किसान’ले लोकतन्त्र र संविधानको रक्षाका साथै सर्वोच्च अदालतको आदेशको सम्मानका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको बताउनुभएको छ।

पटक–पटक प्रतिनिधिसभा विघटन गरिनुले जनभावनामा समेत गम्भीर ठेस पुगेको बताउँदै श्रेष्ठले सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका देउवालाई विश्वासको मत दिएर प्रतिनिधिसभाको गरिमाको रक्षा गरिएको बताउनुभयो।

‘सर्वोच्च अदालतको आदेशले लोकतन्त्रको रक्षाका साथै संविधानको संरक्षण गरेको छ’ उहाँले भन्नुभयो, ‘सर्वोच्चको आदेशको सम्मानका लागि पनि देउवालाई विश्वासको मत दिएको हुँ ।’

आफूलाई तनहुँबासीले ५ वर्षका लागि प्रतिनिधिसभा सदस्यमा निर्वाचित गरेर पठाएको बताउँदै सांसद श्रेष्ठले बारम्बार प्रतिनिधिसभा विघटन हुँदा जनमतको समेत अनादर हुन पुगेको महशुस गरेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘तनहुँबासीले मलाई ५ वर्षका लागि निर्वाचित गरेको हो । जनभावनाको सम्मानका लागि पनि प्रतिनिधिसभाको पूर्ण आयुको पक्षमा उभिनै पर्र्ने थियो । त्यसैले पनि मैले देउवालाई विश्वासको मत दिएको हुँ ।’

यसअघि सांसद श्रेष्ठ एमाले संस्थापन पक्षमा हनुहुन्थ्यो । उहाँले संस्थापनको हितका लागि भरमग्दूर प्रयत्न समेत गर्दै आएका थिए ।

सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्दै संविधानको धारा ७६(५) अनुसार मत दिन सबै सांसद स्वतन्त्र रहने र पार्टीले ह्वीप जारी गरेर कारवाही गर्न नसक्ने आदेश दिएको थियो ।

images
प्रकाशित मिति :श्रावण ४, २०७८ सोमवार - १२:४३:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology