Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेपालमै क्यान्सर विरुद्धको औषधि उत्पादन

नेपालमै क्यान्सर विरुद्धको औषधि उत्पादन

पत्रपत्रिका

४, श्रावण २०७८
नेपालमै क्यान्सर विरुद्धको औषधि उत्पादन
images

काठमाण्डौं, ४ श्रावण । 
नेपालमा पहिलोपटक क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु गरिएको छ। टिजिङ फर्मा प्राइभेट लिमिटेडले पहिलोपटक क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु गरेको हो। नेपालमा क्यान्सरको औषधि भारत र तेस्रो मुलुकबाट आउने ।

images
images

राजधानीमा आइतबार आयोजित कार्यक्रममा टिजिङका कार्यकारी निर्देशक शैलेश वैद्यले क्यान्सरविरुद्धको औषधिको उत्पादन सुरु गरिएको बताए। उनले औषधि व्यवस्था विभागसँग स्वीकृति लिएर औषधि उत्पादन प्रक्रिया सुरु गरिएको र एक महिनाभित्र केही औषधि व्यावसायिक रूपमै बजारमा पुग्ने जानकारी दिए।
कम्पनीले भारतको हैदराबादमा रहेको एन्टी क्यान्सर औषधि उत्पादक कम्पनीसँग प्रविधि हस्तान्तरण सम्झौता गरी नेपालमै क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु गरेको हो। काभ्रेपलाञ्चोकको बनेपामा १६ रोपनी जग्गामा कम्पनी स्थापना गरी करिब ३२ करोड लगानीमा औषधि उत्पादन सुरु गरिएको हो। उनले तत्काल क्यान्सरसम्बन्धी पाँच औषधि उत्पादन गर्ने र पछि अरू ल्याउने योजना रहेको समेत बताए।

कार्यकारी निर्देशक वैद्यले अत्याधुनिक प्रविधिमा बनाइएको उद्योग विश्वस्वास्थ्य संगठनको जिएमपी स्टान्डर्ड र औषधि उत्पादन संहिता–२०७३ अनुरूप बनाइएको नेपालकै नमुना कम्पनी भएको जिकिर गनरे। ‘क्यान्सरको औषधिले गर्दा हुने टक्सिसिटीका कारण यो औषधि उत्पादन गर्ने ठाउँमा अन्य औषधि
उत्पादन गर्न मिल्दैन, अर्को कुरा हाम्रो कम्पनीमा नवीनतम र अत्याधुनिक प्रविधि जडान भएका छन्,’ उनले भने। रउनले आफ्नो कम्पनीले उत्पादन गर्ने औषधिको मूल्य विदेशबाट आउने औषधिको तुलनामा सस्तो हुने बताए। सो अवसरमा टिजिङ कम्पनीले ‘एन्टी क्यान्स सम्बन्धी औषधिको समेत अनावरण गरेको छ।
स्रोतः नागरिक  दैनिक

images
प्रकाशित मिति :श्रावण ४, २०७८ सोमवार - १०:४९:५१ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology