Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

आज नारायणी सहित विभिन्न नदिमा पानीको बहाव बढ्न सक्ने चेतावनी

आज नारायणी सहित विभिन्न नदिमा पानीको बहाव बढ्न सक्ने चेतावनी

images

इच्छाकामना न्युज

४, श्रावण २०७८
आज नारायणी सहित विभिन्न नदिमा पानीको बहाव बढ्न सक्ने चेतावनी
images

चितवन, ४ श्रावण । 
आज नारायणी, महाकाली, कर्णाली, कोशीका सहायक नदीहरुमा पानीको बहाव बढ्न सक्ने चेतावनी दिइएको छ ।
भेरी, मर्स्याङ्दी, बुढीगण्डकी, त्रिशूली, सुनकोशी, भोटेकोशी, तामाकोशी लगायत तिनाउ, बबई नदीमा बहाव बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
अबको केही दिन देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद्ले बताएका छन् । उनीहरुका अनुसार प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा भने धेरै ठूलो पानी पर्ने सम्भावना छ ।

images
प्रकाशित मिति :श्रावण ४, २०७८ सोमवार - १०:३३:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology