Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

चितवनकी सुजिता भण्डारीको शव परिवारले बुझे, आजै अन्त्येष्टि गर्ने तयारी

चितवनकी सुजिता भण्डारीको शव परिवारले बुझे, आजै अन्त्येष्टि गर्ने तयारी

images

इच्छाकामना न्युज

४, श्रावण २०७८
चितवनकी सुजिता भण्डारीको शव परिवारले बुझे, आजै अन्त्येष्टि गर्ने तयारी
images

चितवन, ४ श्रावण
चितवनकी सुजिता भण्डारीको शव परिवारले बुझेको छ ।
 पोष्टमार्टमका लागि काठमाडौंमा रहेको राप्ती नगरपालिका–२ की २३ वर्षीया सुजिता भण्डारीको शव परिवारले आज बुझेको हो । चितवन प्रहरीले परिवारले शुव बुझेर चितवन ल्याउन लागेको जानकारी दिएको छ ।


यसअघि परिवारले छोरीको हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने अडानमा थियो । स्थानीयबासीहरुले पनि तत्काल शव बुझ्न नहुने पक्षमा थियो । तर चितवन प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान भइरहेको र छिट्टै घटनाको विस्तृत विवरण सार्वजनिक गरिने आश्वासन दिँदै आएपछि अन्ततः परिवारले शव बुझ्न राजी भएको हो ।
प्रहरीका एक अधिकारीका अनुसार भिसेराको रिपोर्ट आईनसकेको तर एक साता भित्र सत्यतथ्य सार्वजनिक हुने बताएका छन् । गत असार ११ गते तरकारी लिन जान्छु भनेर निस्किएकी सुजिता २० गते घरभन्दा करिव ४र५ किलो मिटरको दुरीमा रहेको ब्रह्मस्थानी सामुदायिक वनमा कुहिन लागेको अवस्थामा शव फेला परेको थियो ।

images
प्रकाशित मिति :श्रावण ४, २०७८ सोमवार - १०:२२:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology