Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेपालमा थप ६४ लाख डोज कोरोनाविरुद्धको खोप आउँदै

नेपालमा थप ६४ लाख डोज कोरोनाविरुद्धको खोप आउँदै

पत्रपत्रिका

३, श्रावण २०७८
नेपालमा थप ६४ लाख डोज कोरोनाविरुद्धको खोप आउँदै
images

काठमाण्डौं, ३ श्रावण ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप ६४ लाख डोज कोरोनाविरुद्धको खोप आउने पक्का भएको जानकारी दिएको छ । चीनसँग खरीद गरिएको ४० लाख डोज खोपमध्ये ३२ लाख डोज साउन १५ गतेसम्ममा आइपुग्ने र थप ३२ लाख खोप आउने निश्चित भएको भएको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

images
images

सरकारले चीनको खोप निर्माता कम्पनी सिनोफार्मसँग ४० लाख डोज ‘भेरोसेल’ खोप खरीद गर्ने सम्झौता गरेको थियो, जसमध्ये ८ लाख डोज गत असार २४ गते आइपुगेको थियो । दोस्रो चरणको खोप साउन ६ गते आइपुग्ने भन्दै मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले असार १५ गतेसम्ममा सबै खोप आइपुग्ने जानकारी दिए ।
शुक्रवार मात्रै चीनले थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने वाचा गरेको छ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले नेपाललाई खोप अभियानका लागि सहयोग गर्ने बताएकी थिइन् ।
यसबाहेक जापानबाट पनि १६ लाख डोज खोप आउने पक्का भएको मन्त्रालयका सहप्रवक्ता डा। अधिकारीले बताए । ‘खरीद गरिएको ३२ लाखसहित ६४ लाख खोप आउने पक्का भएको छ,’ उनले भने ।

हालसम्म प्रत्यक्ष अनुदानमा प्राप्त २९ लाख, कोभ्याक्स अन्तर्गत १८ लाख ८२ हजार र खरीद गरिएको १८ लाख गरी ६५ लाख ८२ हजार डोज खोप आइसकेको छ । नेपालमा भारतले अनुदानमा उपलब्ध गराएको ‘कोभिशिल्ड’ खोपबाट खोप अभियान शुरू गरिएकोमा हालसम्म २७ लाख ६५ हजार ७०९ ले लगाएका छन् । भारतले अनुदानमा उपलब्ध गराएको, भारतीय सेनाले नेपाललाई सहयोग गरेको, कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध र नेपालले खरिद गरेकोमध्येबाट हालसम्म २२ लाख ८८ हजारले कोभिशिल्ड र १३ लाख ९७ हजारले चीनबाट ल्याइएको खोप भेरोसेल लगाएका छन् । अमेरिकी सहयोगमा प्राप्त १६ लाख खोप पनि साउन ४ गतेदेखि लगाउन शुरू गरिने मन्त्रालयले बताएको छ ।

भेरोसेलको दोस्रो मात्रा सहज उपलब्ध हुने देखिए पनि यसअघि पहिलो मात्रा लगाएका १८ लाख २८ हजार जनाले कोभिशिल्डको दोस्रो मात्रा लगाउन पाएका छैनन् । १८ वर्ष माथिका सबैलाई खोप लगाउनेगरी खोप आउन लागेको भन्दै मन्त्रालयका सहप्रवक्ता अधिकारीले कोभिशिल्डको दोस्रो मात्रा लगाउन पुग्नेगरी उक्त खोप समेत आउन लागेको बताए ।
स्रोत : आर्थिक अभियान

images
प्रकाशित मिति :श्रावण ३, २०७८ आइतवार - १०:२५:२७ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology