चितवन, ३ श्रावण ।
खेत जोत्दै गरेको ट्याक्टर पल्टिदा चितवनमा एक जनाको ज्यान गएको छ ।
भरतपुर महानगरपालिका–५ कैलाशनगरस्थित चन्द्र सिग्देलको खेत जोत्ने क्रममा आज विहान ८ बजे ना ४ त ३१५२ नम्बरको ट्याक्टर पल्टिएको थियो। ट्याक्टर पल्टिदा चालक स्थानीय ३४ वर्षीय सन्दीप मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो। दुर्घटनामा गम्भिर घाइते भएका मगरको भरतपुर अस्पतालमा ज्यान गएको हो ।