कुुरिनटार, २ असार । चितवनको इच्छाकामना गाउँपालिकाको एक मात्र क्याम्पस सर्वशान्ति क्याम्पस कुरिनटारका नवनियुक्त क्याम्पस प्रमुख भविश्वर गुरुङले कार्यभार सम्हालेका छन्। एक कार्यक्रमका बिच निवर्तमान प्रमुख प्रकाश पौडेलले आज नवनियुक्त क्याम्पस प्रमुख गुरुङलाई पद हस्तान्तरण गरेका हुन्।
क्याम्पसका अध्यक्ष माधव घिमिरे, क्याम्पसमा कार्यरत शिक्षक कर्मचारी र कार्य समितिले खादा, अबिर र फुलको गुच्छाले नवनियुक्त क्याम्पस प्रमुख गुरुङलाई स्वागत गरेका थिए ।
पदभार ग्रहण गर्दै प्रमुख गुरुङले क्याम्पसमा व्यवस्थापन संकायतर्फ मात्र कक्षा संचालन भइरहेकोले चाडैँ शिक्षा संकाय तर्फको पनि कक्षा संचालनका लागि आफु लागि पर्ने बताए। उनले क्याम्पसको शैक्षिक गुणस्तरका साथै भौतिक संरचनाहरु निर्माण गरिने बताए। यस्तै क्याम्पसको जग्गा दर्ता गर्ने, कुषि प्राविधिक शिक्षा संचालन गर्ने लगायतका कामहरु गर्ने पनि आफुले सोच बनाएको उनले बताए।
गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ र गाउँपालिका प्रवक्ता सावित्री गुरुङ लगायतले नवनिुक्त क्याम्पस प्रमुख गुरुङलाई बधाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।