काठमाण्डौ, २ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथि आाक्रमण भएको छ । क्रियाशील सदस्यताको छानबिन स्थलमा पुगेर एकाएक आक्रमण गरिएको भन्दै प्रवक्ता विश्वप्रकाश शर्माले यसमा पार्टीको ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत उल्लेख गर्नुभएको छ ।
महाधिवेशन तयारीमा हिजो बसेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारी बैठकले घटनालाई गम्भीरतापूर्वक लिएको शर्माले बताउनुभएको छ । सदस्यता सम्बन्धि कुनै निर्णय उपर निर्दिष्ट गरिएको उजुरीको निश्चित विधि र सुनुवाइको प्रक्रिया बाहिर गएर प्रकट हुने अराजक, अनुशासनहिन र दण्डनीय गतिविधि अस्वीकार्य हुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।