Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनी १ मा आज एकैदिन ८ जनामा कोरोना संक्रमण देखियो

आँबुखैरेनी १ मा आज एकैदिन ८ जनामा कोरोना संक्रमण देखियो

इच्छाकामना न्युज

१, श्रावण २०७८
आँबुखैरेनी १ मा आज एकैदिन ८ जनामा कोरोना संक्रमण देखियो
images

आँबुखैरेनी, १ साउन । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. १ मा आज एकैदिन ८ जनामा कोरोना संक्रमण देखिएको छ। गाउँपालिकाले गरेको एन्टिजेन परिक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो।

images
images

यो सँगै आँबुखैरेनीमा कोरोना संक्रमण हुनेको संख्या ८० पुगेको गाउँपालिकाले जानकारी दिएको छ। गाउँपालिकाले दिएको जानकारी अनुसार पछिल्लो पटक संक्रमण देखिएकाहरुमा ३१, ६०, २८, २३ वर्षकी महिला र ३२, ६०, १८, ३६ वर्षका पुरुष रहेको छ।

यस्तै गाउँपालिकामा हाल ८ जना सक्रिय कोरोना संक्रमित रहेका छन् भने ६९ जना निको भएको र ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। 

images
प्रकाशित मिति :श्रावण १, २०७८ शुक्रवार - २०:२८:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology