आँबुखैरेनी, ३१ असार । तनहुँको आँबुखैरेनी गाउँपालिका ४ नं. वडा कार्यालय आजदेखि आफ्नै भवनमा सरेको छ। कार्यालयको नवनिर्मित भवनको आज समुद्घाटन भएसँगै कार्यालयको सेवा नयाँ भवनबाट सुरु भएको हो।
कार्यालयको भवनको एक समारोहका बीच पूर्व मन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै भण्डारीले आँबुखैरेनीमा भएका बिकास निर्माण कार्यहरु काङ्ग्रेसको नेतृत्वका कारण सम्भव भएको दाबी गर्नुभएको छ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई, गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, उपाध्यक्ष पुष्पा देवि श्रेष्ठ, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद पोखरेल लगाएतकाले मन्तव्य राख्नुभएको थियोे ।
यस्तै कार्यक्रममा बोल्दै ५२ लाख ४१ हजार रुपैयाँको लागतमा ०७७ जेठमा सम्झौता भएर चैत्रमा भवनको निर्माण कार्य सम्पन्न भएको वडा नं. ४ का वडाध्यक्ष नेत्र गुरुङले जानकारी दिनुभएको छ ।