Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

दुबै मृगौला फेल भएका बुद्धि बहादुर थापा बचाउ अभियानमा अहिले सम्म १ लाख ८० हजार रुपैयाँ आर्थिक सहयोग संकलन 

दुबै मृगौला फेल भएका बुद्धि बहादुर थापा बचाउ अभियानमा अहिले सम्म १ लाख ८० हजार रुपैयाँ आर्थिक सहयोग संकलन 

images

इच्छाकामना न्युज

२८, आषाढ २०७८
दुबै मृगौला फेल भएका बुद्धि बहादुर थापा  बचाउ अभियानमा अहिले सम्म १ लाख ८० हजार रुपैयाँ आर्थिक सहयोग संकलन 
images

आँबुखैरेनी, २८ असार । 
दुबै मृगौला फेल भएका बुद्धि बहादुर थापा जिवन बचाउ अभियानमा आर्थिक संकलन कार्य भैरहेको छ । हाल सम्म यो अभियानमा १ लाख ८० हजार रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ । 
दमौली निवासी मस्र्याङदी बालज्योती इङ्लिस बोर्डिङ्ग स्कूल आँबुखैरेनी-३, का शिक्षक दुबै मृगौला फेल भएका ४५ वर्षिय बुद्धि बहादुर थापा जिवन बचाउ अभियानमा विभिन्न व्याक्ति तथा समुह संघ संस्थाहरुले उक्त रकम सहयोग गरेको शिक्षक प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । 
दुबै मृगौला फेल भई पोखराको फेवा सिटी, फिस्टेल र मेट्रो अस्पतालमा पालै पालो उपचार गराईरहनुभएका बुद्धि बहादुर थापाको जिवन बचाउको लागि पछिल्लो समयमा मस्र्याङदी बालज्योती इंग्लिस बोर्डिङ्ग स्कूल एसईई ०७२ ब्याचका विद्यार्थीहरुबाट नगद रु। १२ हजार ९ सय ५० रुपैंया सहयोग संकलन भएको छ । बोर्डिङ्गका बिद्यार्थी बिर्मष श्रेष्ठ, अमेस राना, निशान गुरुङ्ग, उषा थापा मगर, सुप्रिया श्रेष्ठको सहयोगमा शिक्षक बुद्धि बहादुर थापा सरको जिवन रक्षाको लागि उक्त रकम संकलन गरी बैंक खातामा जम्मा गरिएको छ । 
यसैगरी, हाल इटलीमा रहनुभएका नवीन पौडेलले बुद्धि बहादुर थापा जिवन बचाउ अभियानमा नगद रु। १६ हजार ८ सय ७८ रुपैंया सहयोग गर्नुभएको छ । 
यस्तै, आँबुखैरेनी गाउँपालिकाले बुद्धि बहादुर थापा जिवन बचाउ अभियानमा रु. १० हजार आर्थिक सहयोग गरेको छ । डाक्टरको सल्लाह अनुसार थापाको छिटै मृगौला प्रत्यारोपण गर्नुपर्ने र थप उपचारका लागि आर्थिक अवस्था ज्यादै कमजोर भएकोले जीवन रक्षा गरिदिन उहाँको परिवारजन, आफन्त, शुभचिन्तक, विद्यार्थी, शिक्षक लगाएतकाले सबैसंग सहयोगको लागि अपिल गरेका छन । 
मानव सेवामा समर्पित इच्छुक मनहरुले सहयोगको लागि एसबिआई बैंकमा बुद्धि बहादुर थापाको नाममा रहेको खाता नम्बर १९९१५२४१४०६१८५ मा आर्थिक सहयोग जम्मा गर्न सक्नुहुनेछ ।

images
प्रकाशित मिति :आषाढ २८, २०७८ सोमवार - १६:१५:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology