Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

विश्वभर कोरोनाका कारण १८ करोड ७२ लाखभन्दा बढी सङ्क्रमित 

विश्वभर कोरोनाका कारण १८ करोड ७२ लाखभन्दा बढी सङ्क्रमित 

एजेन्सी

२७, आषाढ २०७८
विश्वभर कोरोनाका कारण १८ करोड ७२ लाखभन्दा बढी सङ्क्रमित 
images

विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या १८ करोड ७२ लाख नाघेको छ । कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्र्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर ४ लाख २२ हजार ७ सय ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

images
images

योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या १८ करोड ७२ लाख ४२ हजार ४ सय ५३ पुगेको छ । यस्तै गत २४ घन्टामा थप ७ हजार २ सय ८१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ४० लाख ४२ हजार २ सय ९५ पुगेको छ । यस्तै गत २४ घन्टामा विश्वभर ३ लाख ४८ हजार ३ सय ६५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै विश्वभर कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या १७ करोड १२ लाख २५ हजार ८ स य ४० पुगेको छ ।

images
प्रकाशित मिति :आषाढ २७, २०७८ आइतवार - ०९:११:३९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology