Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

कोपा अमेरिका कप फुटबलः ब्राजिललाई हराउदै २८ वर्षपछि अर्जेन्टिनाले जित्यो उपाधी

कोपा अमेरिका कप फुटबलः ब्राजिललाई हराउदै २८ वर्षपछि अर्जेन्टिनाले जित्यो उपाधी

images

एजेन्सी

२७, आषाढ २०७८
कोपा अमेरिका कप फुटबलः ब्राजिललाई हराउदै २८ वर्षपछि अर्जेन्टिनाले जित्यो उपाधी
images

अर्जेन्टिनाले ब्राजिललाई पराजित गर्दै कोपा अमेरिका उपाधि जितेको छ । आइतबार बिहान भएको खेलमा ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा उपाधि जितेको हो ।

रियो दि जेनेरियो स्थित माराकाना स्टेडियमा भएको खेलमा अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका जितेको हो, पछिल्लोपटक १९९३ मा उसले यो उपाधि जितेको थियो । त्यसयता, अर्जेन्टिना अन्तर्राष्ट्रिय फुटबलमा कुनै पनि उपाधी हासिल गर्नसकेकाे थिएन ।

कप्तान लियोनल मेसीले देशबाट जितेको यो पहिलो प्रमुख उपाधि हो । ३४ वर्षीय मेस्सीलाई राष्ट्रिय टोलीबाट उपाधि जित्न नसकेको आरोप लागेको थियो । मेस्सीले अर्जेन्टिनाको जर्सीमा यसअघि सन् २००८ को बेइजिङ ओलम्पिकमा फुटबलबाट स्वर्ण जितेका थिए ।

मेसीको कप्तानीमा २०१४ को विश्वकप, २०१५ र २०१६ को कोपा अमेरिकामा अर्जेन्टिनाले फाइनल यात्रा गरेको थियो । तर उपाधि जित्न असफल रह्यो । मेसीले यसअघि ओलम्पिकमा स्वर्ण जितेका थिए, त्यसलाई अन्तर्राष्ट्रिय फुटबलमा प्रमुख प्रतियोगिता मानिँदैन ।

images
प्रकाशित मिति :आषाढ २७, २०७८ आइतवार - ०८:३०:१५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology