Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

अब साउन १ देखि नेपालमा टिकटक बन्द हुने !

अब साउन १ देखि नेपालमा टिकटक बन्द हुने !

images

इच्छाकामना न्युज

२६, आषाढ २०७८
अब साउन १ देखि नेपालमा टिकटक बन्द हुने !
images

काठमाडौ, २६ असार । नेपालमा पनि टिकटक बन्द हुने भएको छ । १३ वर्षभन्दा कम उमेरका बालबालिकाहरुका झण्डै ७३ लाख एकाउन्ट टिकटकले बन्द गरिदिएको छ । नेपालमापनि उमेर समूहलाई एकदमै भेरिफाई गर्न नेपाल हेर्ने जिम्मेवारी पाएको निकायलाई टिकटकले भनिसकेको छ । धेरै विकृति आएको भनेर गुनोसो आएपछि साउन १ गतेबाट नेपालमा टिकटक एकाउन्ट बन्द गर्ने प्रस्ताव समेत आएको छ ।

यो वर्ष सन् २०२१ को पहिलो त्रैमासिकमा टिकटकले बालबालिकाको भनेर आशंका गरिएको भनिएका लाखौँ एकाउन्ट बन्द गरिदिएको थियो । यो संख्या टिकटकका विश्वव्यापी प्रयोगकर्ताको संख्याको १ प्रतिशत मात्रै हो।

नियमानुसार १३ वर्ष र सोभन्दा माथिको उमेरका व्यक्तिले मात्र टिकटकमा खाता खोल्न पाउँदछन्। यो भिडियो प्लाटर्फम त्यसैले किशोर किशोरीहरुको बीचमा पनि निकै लोकप्रिय रहँदै आएको छ।

तर उमेर ढाँटेर बालबालिकाको नाममा खोलिएको त्यस्ता झुटपूर्ण खाता एकाउन्टहरु टिकटकले बन्द गरिरहेको छ । टिकटकले पहिलोपटक आफ्नो सामुदायिक निर्देशिका कार्यान्वयन प्रतिवेदनमा यस्तो तथ्यांक सार्वजनिक गरेको हो। प्रयोगकर्ताको सुरक्षाका विषयमा पारदर्शिता र उत्तरदायित्व प्रवर्द्धन गर्नका लागि कम उमेरका प्रयोगकर्ताको विस्तृत विवरण सहयोगी बन्ने टिकटकले जनाएको छ।

यता नेपालमापनि टिकटकले समुदायमा असर पारिरहेको ठहर गर्दै नियमक निकायले यसलाई नियन्त्रण गर्न सरकारलाई सुझाव दिएको छ । यसले नेपाली समाजलाई अहिले नै पचाउन सकिरहेको छैन ।  यसैले समाज अलिक माथी उठेपछि मात्र फेरी खोल्नेगरी टिकटकसँग नै कुरा गरेर नेपालमा ननभिजेवल बनाउँन आग्रह गर्न प्रस्ताव गरिएको नियमक निकायका एक अधिकारीले बताए ।

images
प्रकाशित मिति :आषाढ २६, २०७८ शनिवार - २१:५१:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology