Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

भारत र श्रीलंकाबीचको एकदिवसीय र टी–ट्वान्टी क्रिकेट सिरिज १७ जुलाईमा हुने 

भारत र श्रीलंकाबीचको एकदिवसीय र टी–ट्वान्टी क्रिकेट सिरिज १७ जुलाईमा हुने 

images

एजेन्सी

२६, आषाढ २०७८
भारत र श्रीलंकाबीचको एकदिवसीय र टी–ट्वान्टी क्रिकेट सिरिज १७ जुलाईमा हुने 
images

भारत र श्रीलंकाबीचको एकदिवसीय र टी–ट्वान्टी क्रिकेट सिरिज सरेको छ । घरेलु टोली श्रीलंकाका ब्याटिङ प्रशिक्षक ग्रान्ट फ्लावर र डाटा एनालिस्ट जिटी निरोशनलाई कोरोना भाईरसको सङ्क्रमण देखिएपछि सिरिज सरेको हो ।

इंग्ल्यान्ड भ्रमणबाट फर्किएपछि गरिएको परिक्षणमा फ्लावर र निरोशनलाई कोरोना पोजेटिभ देखिएको थियो । भारत र श्रीलंकाबीचको तीन खेलको एकदिवसीय सिरिज मंगलबारबाट सुरु हुने तालिका रहेको थियो । तर, अब एकदिवसीय सिरिज जुलाई १७ बाट सुरु हुनेछ ।

यस्तै तीन खेलको टी–ट्वान्टी सिरिज जुलाई २४ मा सुरु हुनेछ । यसअघि जुलाई २१ बाट सुरु हुने तालिका रहेको थियो ।

images
प्रकाशित मिति :आषाढ २६, २०७८ शनिवार - ०९:३९:३६ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology