Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आज देशभर मौसम बदली रही अधिकांश भू–भागमा पानी पर्ने

आज देशभर मौसम बदली रही अधिकांश भू–भागमा पानी पर्ने

इच्छाकामना न्युज

२६, आषाढ २०७८
आज देशभर मौसम बदली रही अधिकांश भू–भागमा पानी पर्ने
images

चितवन, २६ असार । मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली रही अधिकांश भू–भागमा पानी पर्ने सम्भावना रहेको बताएको छ । महाशाखाले जारी गरेको मौसम सम्बन्धी बुलेटिनका अनुसार आज प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी हुन सक्ने सम्भावना रहेको छ ।

images
images

त्यस्तै प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने धेरै भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ । त्यस्तै आज राति प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ ।

महाशाखाले अहिले देशभर बदली रही प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी परिरहेको जानकारी दिएको छ । यस्तै भोलिपनि देशभर बदली रही धेरै स्थानमा वर्षा हुने छ ।

प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी तथा धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ २६, २०७८ शनिवार - ०९:३८:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology