Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

आइतबारबाट देशभरको पेट्रोल पम्प बन्द गर्ने पाँच विद्यार्थी संगठनको चेतावनी

आइतबारबाट देशभरको पेट्रोल पम्प बन्द गर्ने पाँच विद्यार्थी संगठनको चेतावनी

images

इच्छाकामना न्युज

२५, आषाढ २०७८
आइतबारबाट देशभरको पेट्रोल पम्प बन्द गर्ने पाँच विद्यार्थी संगठनको चेतावनी
images

काठमाण्डौं, २५ असार । 
पाँच विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध पेट्रोल ट्यांकर र पम्प बन्द गर्ने चेतावनी दिएका छन्।

बिहीबार विज्ञप्ति प्रकाशित गरी उनीहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि ७२ घण्टासम्म फिर्ता गर्न माग गरेका छन्।

‘यदि ७२ घण्टाभित्र पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता नगरिएमा असार २७ गतेदेखि देशभरका सम्पूर्ण पेट्रोल पम्पहरू, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करहरू अनिश्चितकालका लागि बन्द गर्ने साथै नेपाल आयल निगमका कर्मचारीहरुका सवारी साधन चल्न नदिने कार्यक्रम घोषणा गर्दछौं’ विज्ञप्तिमा भनिएको छ।

संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता गर्न माग गर्दै हिजो नेपाल आयल निगममा ज्ञापनपत्र बुझाएका छन्।

ज्ञापनपत्र बुझाउने सन्दर्भमा नेपाल आयल निगमका महाप्रबन्धकले भेट समेत नदिइ विद्यार्थी आन्दोलनलाई अपमान गरेको उनीहरूको गुनासो छ।

images
प्रकाशित मिति :आषाढ २५, २०७८ शुक्रवार - ०९:४५:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology