Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

 मनसुनी प्रभावका कारण देशका अधिकांश भागमा वर्षा

 मनसुनी प्रभावका कारण देशका अधिकांश भागमा वर्षा

इच्छाकामना न्युज

२५, आषाढ २०७८
 मनसुनी प्रभावका कारण देशका अधिकांश भागमा वर्षा
images

काठमाण्डौं, २५ असार ।
देशभरका अधिकांश स्थानहरुमा अविरल बर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागले निरन्तरको बर्षाले बाढी तथा पहिरोको जोखिम बढ्ने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।
मनसुनको सक्रियतासँगै ठूला तथा मझौला नदीहरुमा जल प्रवाह उल्लेख्य बढ्ने, साना नदीनाला तथा खहरे खोलाहरुमा आकस्मिक बहाव भई तराई र चुरे क्षेत्रहरुमा डुबानसमेत हुनसक्ने अधिक सम्भावना रहेको विभागको आँकलन छ।
विभागले आज विज्ञप्तिमार्फत मनसुनको अवधिभर आम सर्वसाधारणलगायत सम्पूर्ण सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
आज पनि देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बाग्मती प्रदेशमा बर्षा भइरहेको छ।
महाशाखाले जनाए अनुसार आज प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
आज राती प्रदेश १, वागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बाढी पूर्वानुमान शाखाका अनुसार आज महाकाली, कर्णाली, कोशी र यसका सहायक नदीमा बहाव केही बढ्ने, नारायणी र यसका सहायक नदीहरु विशेषगरी त्रिशुली, बुढीगण्डकी, मस्र्याङ्दी लगायतका नदीहरुमा बहाव बढ्ने छ । केही नदीहरुको जल सतह सतर्कता तह आसपास पुग्न सक्ने सम्भावना रहेको विभागले जनाएको छ।
कन्काई, कमला, बागमती, पुर्वी राप्ती, तिनाउ पश्चिम राप्ती, बबई, लगायतका नदीहरुमा बहाव केही बढ्ने र यीनका सहायक केही साना नदीहरुमा आकस्मिक बहाव भई जल सतह सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ ।

images
images

images
प्रकाशित मिति :आषाढ २५, २०७८ शुक्रवार - ०९:२५:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology