Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

 गाई काटेरको आरोपमा चितवनबाट ३ जना पक्राउ

 गाई काटेरको आरोपमा चितवनबाट ३ जना पक्राउ

images

इच्छाकामना न्युज

२४, आषाढ २०७८
 गाई काटेरको आरोपमा चितवनबाट ३ जना पक्राउ
images

चितवन, २४ असास । 
चितवनको कालिका नगरपालिकाबाट गाई काटेर मासुको भाग लगाउँदै गरेका तीन जना पक्राउ परेका छन्। कालिका नगरपालिका – १ सुन्दरबस्तीस्थित महेन्द्र सुबेदीको केराबारी नजिक सुन्दरबस्ती घोलमा असार २३ गते दिउँसो गाई काटेर भाग लगाउँदै गरेको अबस्थामा एक युवतीसहित दुई युवाहरू पक्राउ परेको चितवन प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नं. १ बस्ने ३२ बर्षकी उर्मिला परियार, सोही ठाउँका १६ बर्षका सविन परियार र १६ बर्षकै सुवास परियार पक्राउ परेका हुन्। पक्राउ गरेका तीनै जनालाई चितवन जिल्ला अदालतवाट म्याद थप गरी ईलाका प्रहरी कार्यालय टाँडीबाट थप अनुसन्धान भैरहेको छ।

images
प्रकाशित मिति :आषाढ २४, २०७८ बिहिवार - २०:५८:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology