मुग्लिन, २४ असार ।
पछिल्लो साता पहिरोका कारण पटक पटक अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडक आज पनि अवरुद्ध भएको छ। आज बिहान करिब साढे ११ बजे देखि उक्त सडक खण्ड अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। उक्त स्थानमा अहिले पनि वर्षा भैरहेको र लेदो सहितको पहिरो झरिरहेकोले दुईतर्फी बाटो अवरुद्ध भएको हो। सडक अवरुद्ध भएकोले अत्यावश्यक सवारीसाधनलाई बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरिले अनुरोध समेत गरेको छ।