Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

आगामी शुक्रबारसम्म भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन तनहुँ प्रशासन आग्रह

आगामी शुक्रबारसम्म भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन तनहुँ प्रशासन आग्रह

images

इच्छाकामना न्युज

२३, आषाढ २०७८
आगामी शुक्रबारसम्म भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन तनहुँ प्रशासन आग्रह
images

तनहुँ, २३ असार ।
आगामी तीन दिन भारी वर्षा हुने भएकाले जिल्ला प्रशासन कार्यालय तनहुँले सतर्कता अपनाउन आग्रह गरेको छ । प्रशासनले आज बुधबारदेखि शुक्रबारसम्म भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो । आज सूचना जारी गर्दै प्रशासनले नदी तथा खोला छेउछाउ नजान सर्वसाधारणलाई आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले आज प्रकाशन गरेको मौसम बुलेटिनअनुसार भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो, डुबान हुन सक्ने हुँदा उक्त घटनाबाट बच्न सतर्कता अपनाउन आग्रह गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालद्वारा जारी सूचना अनुसार बाढीपहिरो र डुबान हुने क्षेत्रमा नजान, नदी खोलामा माछा मार्ने, पौडी खेल्ने, काठ दाउरा सङ्कलनलगायतका कुनै पनि कार्य नगर्न र सेतीमादी, त्रिशूली, मर्स्याङ्दी नदीलगायत खोलाको छेउछाउ नजान आग्रह गरिएको छ ।

कुनै विपद्को घटना भएमा तत्काल जिल्ला आपतकालीन सञ्चालन केन्द्रको फोन नम्बर ०६५५६११६१, प्रमुख जिल्ला अधिकारीको फोन नम्बर ९८५६०६७७७७, सहायक प्रमुख जिल्ला अधिकारीको फोन नम्बर ९८५६००११११ र प्रहरी उपरीक्षकको फोन नम्बर ९८५६०६५५५५ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

images
प्रकाशित मिति :आषाढ २३, २०७८ बुधवार - १७:२२:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology