तनहुँ, २३ असार ।
तनहुँमा आगामी असार २५ गते शुक्रबारबाट सार्वजनिक यातायात संचालन हुने भएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन समितिको आज बुधबार बसेको बैठकले शुक्रबारबाट जोर बिजोर प्रणालीमा राजमार्गमा सार्वजनिक यातायात सञ्चालन सिफारिस गर्ने निर्णय गरेको छ ।
बैठकले अत्यावश्यक सेवा विहान ५ देखि १२ र अन्य पसल विहान ९ देखि दिउँसो ३ बजेसम्म खुला राख्न सिफारिस गर्ने निर्णय गरेको छ ।
जिल्लामा निषेधाज्ञा भने असार ३१ गतेसम्मको लागु हुने गरि लम्बाईएको छ ।