Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

नेपाल आयुर्वेद औषधि व्यबसायी संघ गडकी प्रदेशद्धारा संक्रमितहरुका लागि रोग प्रतिरोध क्षमता बढाउने आयुर्वेद औषधि  वितरण 

नेपाल आयुर्वेद औषधि व्यबसायी संघ गडकी प्रदेशद्धारा संक्रमितहरुका लागि रोग प्रतिरोध क्षमता बढाउने आयुर्वेद औषधि  वितरण 

images

इच्छाकामना न्युज

२२, आषाढ २०७८
नेपाल आयुर्वेद औषधि व्यबसायी संघ गडकी प्रदेशद्धारा संक्रमितहरुका लागि रोग प्रतिरोध क्षमता बढाउने आयुर्वेद औषधि  वितरण 
images

पोखरा, २२ असार । 
नेपाल आयुर्वेद औषधि व्यबसायी संघ गडकी प्रदेश ले  माहाशिला गाउपालिकाका संक्रमितहरुका लागि रोग प्रतिरोध क्षमता बढाउने आयुर्वेद औषधि पालिका प्रमूख राजु पौडेललाइ हस्तान्तरण  गरेको छ ।

माहाशिला गाउँपालिकामा  आयुर्वेद व्यवसायी बाट प्राप्त सहयोग औषधि पहिलो पटक संक्रमितहरुका लागि आयुर्वेद स्वास्थ्यकर्मिको उपस्थितिमा दिइने जानकारी पालिका अध्यक्ष पौडेलले बताउनु भयो ।
संक्रमितहरुको लागि उच्च मनोबल बढाइ रोगप्रतिरोध क्षमता वृद्धि गर्न सहयोग पुग्ने हाम्रै गाउघरका जडिबुटी द्वारा मिश्रण औषधि सहयोग गरि कोरोना माहामारी बिरुद्ध अभियान नै चलाएर पून्य कार्य गर्नुभएकोमा गण्डकी प्रदेशका आयुर्वेद व्यवसायीहरुलाइ धन्यवाद दिनुहुदै स्थानीय जडिबुटीलाई प्रोत्साहन गर्न सि को  पहिचान र प्रयोग बिधि अति आवस्यक रहेकाले व्यवसायीक टिमसङ्ग आगामी दिनम हातेमालो गर्दै जडिबुटीलाई किशानको आयाअर्जनको श्रोत बनाउन पालिका सधै लागिरहने बताउनु भयो।

गण्डकी प्रदेश भित्रका अति बिपन्न नागरिक , अग्रपंक्तिमा खटिनुहुने पत्रकार , स्वास्थ्यकर्मी , सुरक्षाकर्मी र अति प्रभावित क्षेत्रमा  निस् शुल्क औषधि बितरण गरिएको संघ अध्यक्ष राजु कुमार पौडेल ले बताउनु भयो।

सन्क्रमितहरुको सेवामा गण्डकी प्रदेशका सबै व्यवसायीहरु अहोरात्र खटिइ माहामारी नियन्त्रण एबम न्यूनीकरण मा प्रयासरत रहेको र प्रदेशका ८ जिल्लामा औषधि बितरण  गरिएको स्वयंसेवक सम्योजक कृष्ण राउतले जानकारी दिनुभयो।

कार्यक्रमको समन्वय समाजसेवी किरण गुरुङ ले गर्नु भएको थियो भने अल नेपाल होमियोपेथिक एसोसिएसन का गण्डकी प्रदेश अध्यक्ष डा। बिष्णु प्रसाद चापागाईंको उपस्थिति रहेको थियो।

नेपाल आयुर्वेद औषधि व्यवसायी संघ गण्फकि प्रदेश ले कोरोना विरुद्ध लडन कृष्ण राउतको संयोजकतामा आयुर्वेद स्वयंसेवक र डा। दीपक भुषाल को संयोजकतामा आयुर्वेद स्वास्थ्यपरामर्श उपसमिति गठन गरि कार्य अगाडि  बढाइरहेको छ। 
आयुर्वेद स्वास्थ परामर्श समितिमा आयुर्वेद चिकित्सक समूह रहनुभएको छ जुन समूहले संक्रमितहरुलाइ निस् शुल्क स्वास्थ्य परामर्श सेवा दिइरहेको छ।

आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागको कोभिड १९ को प्रोटोकल अनुसार  औषधि वयवस्था बिभागमा दर्ता भएका आयुर्वेद औषधि उद्योगहरुसङ्ग सहयोग र खरिद समेत गरि गुडुची , यष्ठिमधु र त्रिकटु को खल मिश्रण गरि क्वाथ तयार पारिएको डा। दीपक भूषाल बताउनु हुन्छ।

images
प्रकाशित मिति :आषाढ २२, २०७८ मंगलवार - २०:४९:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology