Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

सुजिता मृत्यु प्रकरणः राजमार्गमा टायर बालेर प्रर्दशन, केहीबेर प्रहरी र स्थानीयविच झडप

सुजिता मृत्यु प्रकरणः राजमार्गमा टायर बालेर प्रर्दशन, केहीबेर प्रहरी र स्थानीयविच झडप

images

इच्छाकामना न्युज

२२, आषाढ २०७८
सुजिता मृत्यु प्रकरणः राजमार्गमा टायर बालेर प्रर्दशन, केहीबेर प्रहरी र स्थानीयविच झडप
images

चितवन, २२ असार । 
चितवनको राप्ती नगरपालिकाका स्थानीयवासीले पूर्वपश्चिम राजमार्गमा टायर बालेर प्रर्दशन गरिरहेका छन । राप्ती नगरपालिका– ३ निवासी २३ वर्षीया सुजिता भण्डारी मृत फेला परेपछि स्थानीयले निष्पक्ष छानविनको माग गर्दै टायर बालेर प्रर्दशन गरेका हुन । सो क्रममा केहीबेर प्रहरी र स्थानीयविच झडप भएको छ । प्रहरीले भीडलाई तितरवितर पार्न केही राउण्ड अश्रुग्यास प्रहार गरेको छ । अपरान्ह ४ बजेदेखि सडक अबरुद्ध भएको छ । यसअघि हिजो (सोमबार) पनि स्थानियले सडक अबरुद्ध गर्दै प्रर्दशन गरेका थिए । उनिहरुले पोष्टमार्टम रिपोर्टमा तलमाथि नगर्न चेतावनी दिएका छन ।
सोमबार बिहान १०ः१५ बजेदेखि अवरुद्ध सडक साँझ ६ः०० बजे मात्र खुलेको थियो ।

स्थानीयवासीले शव ल्याउँदै गरेको एम्बुलेन्ससहित रोकेर राखेका थिए । नगरपालिकाका प्रमुख प्रभा बरालसहितका जनप्रतिनिधि, दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखको उपस्थितिमा पीडित पक्षसँग सहमति गरी बाटो खुलाइएको थियो । शव परीक्षण गरी सत्यतथ्य पत्ता लगाइ अपराधीलाई कडाभन्दा कडा कारवाही गर्ने, पोष्टमार्टम गर्दा परिवारका दुई जना, एक जना परिवारले भनेका विज्ञसहित गर्ने र नेपाल सरकारसँग राहतका लागि अनुरोध गर्ने सहमति भएको थियो । शव पोष्टमाटमका लागि आज (मंगलबार) काठमाडौं पठाइएको छ ।

आइतबार साँझ स्थानीय ब्रम्हस्थानी सामुदायिक वनमा भण्डारीको शव फेला परेको थियो । उनी यही असार ११ गतेदेखि हराइरहेकी थिइन् । उनले सोही दिन १२ः०० बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् ।

 

images
प्रकाशित मिति :आषाढ २२, २०७८ मंगलवार - १८:२२:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology