Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

सुजिताको शव पोष्टमार्टमका लागि काठमाडौंमा

सुजिताको शव पोष्टमार्टमका लागि काठमाडौंमा

images

इच्छाकामना न्युज

२२, आषाढ २०७८
सुजिताको शव पोष्टमार्टमका लागि काठमाडौंमा
images

चितवन, २२ असार । 
चितवनको सुजिता भण्डारी मृत्युको कारण पत्ता लगाउन शवलाई काठमाण्डौको लगिएको छ । एम्बुलेन्समार्फत पठाएको शवलाई पोष्टमार्टमको लागि टिचिङ अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले बताए ।
‘पोष्टमार्टम रिपोर्टपछिमात्रै मृत्युको कारण पत्ता लाग्नेछ’, उनले भने, ‘रिपोर्ट छिटो ल्याउने प्रयास छ, केही दिन लाग्ला ।’

घटनाको निष्पक्ष छानविन गर्नुपर्ने मागसहित स्थानीयले घटनास्थलबाट शव राखेर फर्किदै गरेको एम्बुलेन्सलाई करिब ८ घण्टा राप्ती(३ झुरझुरेमा अवरोध गरेका थिए । मृतकका आफन्नलाई पनि अर्को एम्बुलेन्समा राखेर पठाइएको छ । असार ११ गतेदेखि वेपत्ता सुजिताले सोही दिन दिउँसो १२ बजेतिर दिदूलाई आफू अपहरणमा परेको भन्दै बचाउँन अनुरोध गर्दै मोबाइलमा फोन गरेकी थिइन् ।
२० गते घरबाट करिब ४ किमि उत्तरतर्फको ब्रम्हस्थानी सामुदायिक वनको खोल्सामा गलेको अवस्थामा शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा डीएसपी सूर्यबहादुर थापाले घटनास्थलमा पतेरोमा हाल्ने विषादीको बट्टा, झोला फेला परेको बताए ।
‘घटनास्थलमा अन्य प्रमाणहरु खोज्ने काम भइहेको छ’,थापाले भने, ‘आज फेरि सुजिताले चलाउने मोबाइल भेटिएको छ ।’ शव भेटिएको स्थानभन्दा करिब २० मिटर पर सिमकार्डबिनाको मोबाइल भेटिएको छ ।

images
प्रकाशित मिति :आषाढ २२, २०७८ मंगलवार - १८:०४:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology