Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

आबुखैरेनी एक्लेफाँटमा दुर्घटना एकको ज्यान गयो 

आबुखैरेनी एक्लेफाँटमा दुर्घटना एकको ज्यान गयो 

images

इच्छाकामना न्युज

२२, आषाढ २०७८
आबुखैरेनी एक्लेफाँटमा दुर्घटना एकको ज्यान गयो 
images

आबुखैरेनी, २२ असार । 
पृथ्वी राजमार्ग अन्र्तगत तनहुँको आबुखैरेनी गाउँपालिका वडा नं. २ एक्लेफाँटमा सवारी दुर्घटना हुदा एक जनाको ज्यान गएको छ। 
आबुखैरेनीबाट डुम्रे तर्फ जादै गरेको ना ६ ख ६११८ नं. को ट्रकको दायाँ साईडमा बिपरित दिशाबाट आउदै गरेको लु ८ प ८३५३ नं. को मोटरसाइकल ठोक्किन गई उक्त मोटरसाइकल अनियन्त्रित भई पछाडीबाट आउदै गरेको ना ६ ख ४४४७ नं को ट्रकमा ठक्कर खाइ दुर्घटना भएको हो । 
दुर्घटनामा परि मोटरसाईकल चालक आबुखैरेनी मार्कीचोक बस्ने बर्ष ३१ को दुर्गा भुजेलको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाकारी दिएको छ ।  मोटरसाइकलको पछाडी सवार मार्कीचोक बस्ने बर्ष १७ को साजन भुजेल सामान्य घाईते भएको छन् । उनको हाडजोर्नी अस्पताल आबुँखैरेनीमा उपचार भईरहेको छ । 
घटनामा संलग्न ना ६ ख ४४४७ नं. को ट्रक ईलाका प्रहरी कार्यलय आबुखैरेनी र ना ६ ख ६११८ नं. को ट्रक र ट्रक चालक ईलाका प्रहरी कार्यलय भानु मुकाम डुम्रे तनहुँको नियन्त्रणमा रहेको छ। मृतक शवको पोष्‍ट मार्टमको लागी दमौली अस्पताल  लगिएको छ। 

images
प्रकाशित मिति :आषाढ २२, २०७८ मंगलवार - १७:३९:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology