भारत सरकारले गर्भवती महिलालाई पनि कोरोनाविरुद्धको खोप लगाउन अनुमति दिएको छ ।भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले गर्भवती महिलाहरुलाई कोरोनाविरुद्धको खोप लगाउन सक्ने अनुमति दिएको हो ।
सरकारको अनुमतिपछि अब गर्भवति महिलाहरुले पनि कोरोनाविरुद्धको खोप लगाउन सक्ने छन् । स्वास्थ्य मन्त्रालयले हिजो नेशनल टेक्नीकल एडभाइजरी ग्रुप अन इम्यूनाइजेशन (एनटीएजीआई) को सिफारिसलाई पनि स्विकृति दिएको हो ।
मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै गर्भवती महिलाले अब कोविन ऐपमा पञ्जीकरण गरेर वा सिधै नजिकैको खोप केन्द्रमा गएर कोरोना खोप लगाउन सक्ने बताएको छ ।नयाँ नियम अनुसार अब गर्भवती महिलाहरुले कुनैपनि गर्भावस्थामा कोरोनाविरुद्धको खोप लगाउन सक्नेछन् ।