Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कोभिडबिरुद्धको खोप खरिदका लागि चिनियाँ कम्पनीसँग सम्झौता 

कोभिडबिरुद्धको खोप खरिदका लागि चिनियाँ कम्पनीसँग सम्झौता 

इच्छाकामना न्युज

१९, आषाढ २०७८
कोभिडबिरुद्धको खोप खरिदका लागि चिनियाँ कम्पनीसँग सम्झौता 
images

काठमाण्डौ, १९ असार । सरकारले कोभिडबिरुद्धको खोप खरिदका लागि चिनियाँ कम्पनी सिनोफार्मसँग सम्झौता गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार खोपको आपूर्ति यही असार २४ बाट सुरु गरिनेछ । उहाँले एक विज्ञप्ति निकाल्दै सिनोफार्मसँग भेरोसेल खरिदका लागि सम्झौता भएको जानकारी दिनुभएको हो ।

images
images

सरकारले सिनोफार्मसँग ४० लाख डोज भेरोसेल खोप ल्याउने सम्झौता गरेको छ । मन्त्रालय स्रोतका अनुसार यही असार २५ मा पहिलो खेपको १० लाख मात्रा खोप नेपाल आइपुग्नेछ । अरु मुलुकबाट पनि खोप ल्याउनका लागि पहल भइरहेको मन्त्रालयका प्रवक्ता पौडेलले जानकारी दिनुभयो । 

images
प्रकाशित मिति :आषाढ १९, २०७८ शनिवार - ०९:०१:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology